दसैँ आयो

दुर्गा मूर्ति निर्माण उत्सव बन्दा

दुर्गा मूर्ति निर्माण उत्सव बन्दा
+
-

दाङ- कापी किताब बोकेर स्कुल जाने बेला लमहीका २९ वर्षीय सञ्‍जय गुप्ताको मन सरस्वतीको मूर्तिले तान्यो। माटोसँग रमाउने रहर बढ्यो। त्यही रहले उनलाई व्यवसायिक मूर्ति कलाकार बनायो।

हरेक दसैँमा दुर्गा भवानीको ठूल्ठूला मूर्ति निर्माणमा उनी अझै व्यस्त बन्छन्। सञ्‍जयले आफ्नो व्यस्तता बढेपछि भारतबाट कालिगढ मगाए।

दाङ राजपुर गाउँपालिका वडा नं. ३ वसन्तापुरमा एक दर्जन दुर्गा भगवानको मूर्ति निर्माण उत्सव जस्तै देखिन्छ अहिले। भारतीय कालिगढ ताराफ पाल र मनोज मित्र पनि मिलेर दुर्गा भवानीको मूर्ति बनाउन तल्लिन छन्।

घटस्थापनाको अघिग्लो दिन मूर्ति निर्माणमा उनीहरुलाई पनि चटारो परेको छ। १५ वर्ष अघि सिंगो बस्तीमा मुस्किलले एक/दुई वटा मूर्ति स्थापना गरेर पण्डाल लगाउने चलन थियो। तर, अहिले टोलै पिच्छे पण्डाल लगाउने, मूर्ति स्थापना गर्ने चलन बढेपछि मूर्ति कलाकारलाई बेफुर्सदिला बनेका छन्। यसो त अडरको काम समयमै नसकिँदा भारतबाट मूर्ति मगाउन थालेका थिए उनले।

‘स्कुलमा सरस्वतीको मन्दिर थिएन् । सरस्वती पूजामा मूर्ति बनाएर लैजान्थे’, सञ्जयले भने, ‘स्कुलका लागि मूर्ति बनाउन सिकेको कला अहिले काम आएको छ।

दुर्गा पूजाका लागि ठूल्ठूला मूर्तिका अडर आउँछ । त्यतिबेला दंग पर्छन उनी । मेहेनेत अनुसार आम्दानी पनि छ उनको । भन्छन्,’ खान लाउन पुगेकै छ, खुशी हुनु ठूलो कुरा हो।

दुर्गा भगवती सहित महीसासुर राक्षेसको ठुलो कदको मूर्ति बन्दैछ । दुर्गाको बाहान सिंह, सर्प, गणेश, महिसासुरको बाहान भैंसी, साथमा लक्ष्मी, सरस्वती र कार्तिकको मूर्ति बनिरहेको छ ।

नेपालमा निर्मित मूर्तिको माग धान्न नसकेपछि व्यापारिले दुर्गा पूजाकै लागि भारतबाट मूर्ति भित्राउन थालेपछि ग्राहक भने मर्कामा परेका छन्, मुल्यका कारण ।

नेपालमा मूर्ति बनाउनेहरुले समेत माटो, पराल, बाँस बाहेक अन्य सिंगारको सामान भारतबाटै ल्याउने गर्छन् । ‘मूर्ति सजाउने सामान यहाँ पाईदैन् । भारत गएर ल्याउनु पर्छ’ सञ्जय भन्छन् ‘नेपाली बजारमा सबै पाईने भए सजिलो हुने थियो ।

मूर्तिकारहरुलाई प्रोत्साहन दिन स्थानीय स्तरमै मूर्ति बनाउन सक्ने हो भने चाड पर्वमा बाहिरिने लाखौं रकम स्थानीय स्तरमै खपत हुने थियो ।

घटस्थापनाको दिन स्थापना गरिएको दुर्गा भवतीको मूर्ति पाँच पुन्यू पछि नदिमा सेलाउने गरिन्छ । यती धेरै मेहनत गरेर बनाएको मूर्ति नदिमा सेलाउदा उनहरुको मन खान्छ।

‘आफ्नो छोरा छोरीलाई मायाँ गरे जसरी मूर्तिलाई माया गरेर बनाउछौं’, मूर्तिकार मनोज मित्र भन्छन्,‘ विदाई गर्दा आँसु झर्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?