गुलियो चिनीको अमिलो राजनीति

सरकारी निर्देशनको प्रतिवाद गर्दै उद्योगीले भने, ‘किसानको बक्यौता तिहारपछि मात्रै’

सरकारी निर्देशनको प्रतिवाद गर्दै उद्योगीले भने, ‘किसानको बक्यौता तिहारपछि मात्रै’
+
-

काठमाडौं – चिनी उत्पादक संघले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिनभित्र किसानहरुको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन्।

सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको मंगलबार बसेको बैठकमा अग्रवालले चिनीको बक्यौता रकम तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर बसेको चिनी साल्ट ट्रेडिङमार्फत् खरीद गर्ने व्यवस्था गर्नुपर्ने सर्तपनि अघि सारेका छन्।

अध्यक्ष अग्रवालले २५ प्रतिशत चिनी बिक्री हुँदा आफूहरुले किसानहरुलाई ६२ प्रतिशत भुक्तानी गर्दा पनि सरकार र संसदीय समितिले असन्तुष्टि जनाएकोमा पनि आपत्ति जनाएका छन्। किसानहरुको १ अर्ब ५० करोड बक्यौता रकम तिहारपछि मात्रै तिर्ने गरी गरिएको सहमति पनि सरकारले तोडेको अध्यक्ष अग्रवालको आरोप छ।

संघले चिनीको मूल्यबृद्धि नभएको दावी पनि गरेको छ। गत वर्ष प्रतिकेजी ६३ रुपैयाँमा बिक्री गरिएको चिनीको मूल्य यस वर्ष ५७ रुपैयाँ कायम गर्दा पनि विरोध गरिएको अध्यक्ष अग्रवालको गुनासो छ।

अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य सस्तिएपछि स्वदेशी उद्योगलाई जोगाउन आफूहरुले केही समयका लागि सरकारलाई चिनीको आयातमा प्रतिबन्ध गराउन आग्रह गर्नु परेको पनि समितिलाई स्पष्टीकरण दिए।

बैठकमा उपसमितिका सदस्यहरुले चिनीको मूल्य किन बढाएको भन्दै चिनी उत्पादकहरुको चर्को आलोचना गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?