
अ
+
अ
अ
-
काठमाडौंँ – म्याग्दीको गुर्जा हिमालको आधारशिविरमा हिमपहिरोमा परेर ज्यान गुमाएकाको शव संकलनको भइरहेको छ ।
पोखराबाट गएको हेलिकोप्टर गुर्जा पुगेको र दक्ष चालकसहित उद्धारकर्मी, प्रहरी र नेपाली सेनाको टोली आधारशिविर तर्फ लागेको प्रहरीले जानकारी दिएको छ ।
शव खोँंचमा रहेकाले संकलन गर्न जटिल भएको प्रहरीले जनाएको छ । म्याग्दीको गुर्जा हिमाल आरोहण गर्न गएका चार नेपाली र पाँच कोरियाली नागरिकमध्ये आठजनाको शव देखिएको छ । बेपत्ता एकजनाको खोजी पनि गरिने प्रहरीले जनाएको छ ।
कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गएको टोलीमा नेपाली नागरिक वाङचु शेर्पा, तेन्जिङ भोटे र लाक्पा साङ्बु भोटे तथा कोरियाली नागरिक यु योङ्जीक, रिम इल जिन र लि जाई हुन रहेका छन् । उनीहरुको शव आइतबार नै काठमाडौँ ल्याउने तयारी छ ।