फोटो फिचर

टेक्ससका नेपालीमाझ दसैँको चहलपहल

टेक्ससका नेपालीमाझ दसैँको चहलपहल
+
-

अमेरिका – अमेरिकाका बहुसंख्यक नेपाली बसोबास गर्ने राज्य टेक्ससको डालसको पशुपति मन्दिरमा दसैँको चहलपहल बढेको छ। दसैँ नेपालमा मात्र लागेको छैन, आफ्नो थातथलोबाट हजारौँ किलोमिटर टाढा टेक्सासमा पनि सामूहिक जमरा राखेर विजयादशमीको प्रतीक्षा गर्दैछन् यहाँका नेपालीहरु।

हरेक शनिबार र आइतबार यसै पनि ठूलो संख्यामा नेपाली भेला हुने डालसस्थित अरभिङमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा दसैँमा छेकोमा आउने दर्शनार्थीको संख्या बढेको छ। सामूहिक पूजाआजा र आरतीमात्र होइन, सामूहिक प्रसादसमेत ग्रहण गरेर सामुदायिक भावनालाई मलजल गर्छन् टेक्सासका नेपालीहरु।

टेक्सासका नेपालीहरुलाई एउटा सामूहिक छानोको प्रतीकस्वरुप मन्दिर निर्माण गरिएको बताउँछन् नेपाली समाज टेक्ससका पूर्व महासचिव विजयराज भट्टराई। ‘हिन्दू र बौद्ध धर्मको केन्द्रका रुपमा हामीले यो मन्दिर निर्माण गरेका हौँ’, भट्टराईले भने।

१९९८ मा स्थापना भएको नेपाली समाज टेक्ससले मन्दिर निर्माणका लागि छुट्टै नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र निर्माण गरिएको भट्टराई बताउँछन्।

२०१४ मा सुरु भएको यो मन्दिरमा नेपालीहरुको चाप बढेपछि अझै फराकिलो ठाउँमा मन्दिर बनाउन योजनामा काम सुरु भएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका महासचिव सुरेशचन्द्र पोखरेलले बताए।

दसैँको अवसरमा मन्दिरमा हरेक दिन विशेष कार्यक्रम आयोजना हुने गरिएको छ भने ६ जना ब्राम्हणहरुद्वारा नित्य चण्डी पाठ हुने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?