३३ किलो सुनकाण्डः दुबईमा पक्राउ परेका श्रेष्ठलाई मोरङ ल्याइयो

३३ किलो सुनकाण्डः दुबईमा पक्राउ परेका श्रेष्ठलाई मोरङ ल्याइयो
+
-

विराटनगर – बेपत्ता अवस्थामा रहेको साढे ३३ किलो सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका बेनु श्रेष्ठलाई सोमबार बेलुका जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ।

दुबईमा बसोबास गर्दै आएका श्रेष्ठले त्यहीबाट चुडामणि उप्रेती गोरे लगायतका तस्करीमा संलग्नलाई सुन तस्करीमा सहायता गर्दै आएका थिए।

श्रेष्ठलाई केहीदिन अघि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहायतामा दुबईबाट पक्राउ गरिएको मोरङ प्रहरीका एक अधिकृतले जानकारी दिएका छन्।

सुन काण्डमा पक्राउ परेकाहरु धमाधम थुनामुक्त हुँदै गइरहेको अवस्थामा ३२ वर्षीय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। विराटनगरस्थित प्रहरी कार्यालय मोरङमा हिरासतमा राखिएका श्रेष्ठ इटहरी सुनसरी निवासी हुन्।

बेपत्ता अवस्थामा रहेको सुनको सन्दर्भमा थुनामा रहेका एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी विराटनगरको उच्च अदालतको आदेशपनि साधारण तारेखमा छुटेकाछन्। उनीहरुको निलम्बन गृहमन्त्रालयले फुकुवा गरिसकेको छ।

त्यसैगरी, पूर्व डिआइजी गोविन्द निरौलापनि साधारण तारेखमा छुटिसकेका छन्। यद्यपि, मुख्य आरोपी चुडामणि उप्रेती गोरेलाई काठमाडौँ जेल चलान गरिएको छ।

गतवर्ष माघ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन हराएपछि सुन खोज्ने क्रममा उप्रेतीसहितको समूहले वि.सं. २०७४ फागुन १८ गते उर्लाबारीको जंगलमा करेन्ट लगाउँदै यातना दिने क्रममा स्थानीय सनम शाक्यको मृत्यु भएको थियो। शाक्य उप्रेतीका खास र सुनको हिसाबकिताब राख्ने निकटस्थ रहेका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’