
माइक्रोसफ्टका सह–संस्थापक पल एलनको निधन भएको छ । एलनको क्यान्सरका काराण ६५ वर्षको उमेरमा निधन भएको हो ।
उनलाई नन–हड्किन्स लिम्फोमा नामक क्यान्सर भएको हो । उनले आफूलाई लागेको रोगका बारेमा दुई हप्ताअघि मात्रै सार्वजनिक रुपमा बताएका थिए ।
उनलाई दोस्रोपटक यो रोग लागेको हो । यसअघि सन् २००९ मा उनलाई रोग लागेको थियो र उपचार गराएका थिए । एलनले आफ्नो वेब साइटमा डाक्टरहरु उपचारप्रति आशावादी रहेको बताएका थिए, तर उनको निधन भयो ।
एलनले बिल गेट्ससँग मिलेर माइक्रोसफ्ट स्थापना गरेका थिए । गेट्सले भनेका छन्, ‘मेरो पुरानो तथा नजिकको साथीको निधनले म स्तब्ध भएको छु ।’ एलनकी बहिनी जोडीले उनको निधनको पुष्टि गरेकी हुन् । जोडीले एलन कुनै पनि स्तरमा उत्कृष्ट मानव रहेको उल्लेख गरेकी छन् ।
एलन र गेट्स विद्यालयकालदेखिका साथी हुन् । उनीहरुले मिलेर प्रविधि क्षेत्रको जाइन्ट बन्न सफल माइक्रोसफ्ट सन् १९७५ मा स्थापना गरेका थिए ।
एलनले सन् १९८३ मा ब्लड क्यान्सर भएपछि कम्पनी छोडेका थिए । उनी त्यसलाई जित्न सफल भए र सन् १९८६ मा भाल्कन नामक कम्पनी स्थापना गरे ।
It is with deep sadness that we announce the death of @PaulGAllen, our founder and noted technologist, philanthropist, community builder, conservationist, musician and supporter of the arts. All of us who worked with Paul feel an inexpressible loss today. https://t.co/OMLZ7ivvSD pic.twitter.com/Bfa8kK6Q8e
— Vulcan Inc. (@VulcanInc) October 15, 2018