सीमापारीको दसैँ

आन्दोलनले विश्राम पाएको ‘गोर्खाल्याण्ड’ मा दसैँ

आन्दोलनले विश्राम पाएको ‘गोर्खाल्याण्ड’ मा दसैँ
+
-

सिलिगुडी (पश्चिम बंगाल) – भारतमा नेपाली भाषीहरुको बाक्लो बसोबास रहेको दार्जिलिङमा दसैँको छुट्टै रौनक छ। यो भन्दा अघिका दसैँ गोर्खाल्याण्ड आन्दोलनका कुनै एउटा एजेन्डा बोकेर मनाउने गरेकोमा यसपाली भने त्यस्तो कुनै एजेन्डा छैन, पारम्परिक रुपमा मनाइराखिएको त्यहाँका नेपाली भाषीहरुले बताएका छन्।

पहाडमा जति समुदायको बसोबास छ, प्रायः सबै समुदायले दसैँ मनाउने गरेका छन् । त्यहाँ कुन जातले मनाउने वा कुन जातले नमनाउने भन्ने छैन। दार्जिलिङका एकजना स्थानीय बासिन्दा मोहन लामाका अनुसार नेपाली भाषी बाहेक बंगाली तथा विहारी समुदायका मानिसहरुले पनि दसैँ धुमधामका साथ मनाउने गरेका छन् ।

लामा भन्छन्, ‘यसपाली दार्जिलिङमा पहिलाको जस्तो आन्दोलनका कुनै कार्यक्रम छैन। त्यसैले दसैँ सांस्कृतिक रुपले मनाउने तयारीमा सबै लागेका छन् ।’ विशेषगरी फूलपातीका दिनदेखि दार्जिलिङ तथा अन्य क्षेत्र जहाँ नेपाली भाषीहरुको बाहुल्यता ती क्षेत्रहरुमा दसैँको रौनक बढने गरेको छ।

दार्जिलिङ, खर्साङ तथा तराईका क्षेत्रहरुमा फूलपातीका दिन धुमधामका साथ झाँकीसहित फूलपाती भित्र्याउने चलन पहिलादेखि कै हो। लामा भन्छन्, ‘यहाँ कुनै जातले दसैँ नमनाउने भन्ने हुँदैन। दसैँ एउटा उत्सव हो। सबैले मनाउने गरेका छन् ।’

दौरा सुरुवाल फरिया चोली लगाएर बाजागाजाको तामझामका साथ फूलपाती भित्र्याएपछि दार्जिलिङका नेपाली भाषी गोर्खालीहरुको घर घरमा दसैँको रौनक बढेको छ। दार्जिलिङ मिलन मोडका हेमन्त गौतमले भने, ‘दसैँ अत्यन्तै रमाईलोसँग आएको छ। सबै जना एकताबद्ध भै मनाउँदैछौँ ।’ फूलपातीका दिन दार्जिलिङ जिल्लाभर संगठित रुपमा उनीहरुले शोभा यात्रा निकालेका थिए।

को आदिबासी को जनजाति कुनै भेदभाव नराखी दार्जिलिङमा बसोबास गर्ने नेपालीहरु दसैँ मनाउन जुटेका छन् । आ–आफ्ना संस्कृति मान्ने भन्दै दसैँ कसैले मान्ने कसैले नमान्ने आवाजहरु उठिरहँदा उनीहरु भन्छन्, ‘हामी गोर्खे परम्परा छोड्न सक्दैनौँ।’

आदिवासी तथा जनजातिहरुका कतिपयले दसैँ उनीहरुको चाड होइन भनिरहँदा खोरीबारीका धनकुमार राईले भने, ‘म राई हुँ तर म दसैँ मनाउँछु । गोर्खालाई चिनाउने चाडपर्व बहिस्कार गरियो भने हाम्रो अस्तित्व के रह्यो र ?’

चाड पर्व मनाउने क्रममा एउटै मालामा उनिने गरेका यी नेपाली भाषी गोर्खालीहरु आफ्ना मान्यजनका हातबाट विजया दशमीको टिका लगाउँछन् । उनीहरु भन्छन्, ‘वर्षमा एकदिन आउने यी चाडमा हाम्रा मान्यजनका हातबाट टीका अवश्य लगाउँछौँ ।’

सीमापारीका सिक्किम, दार्जिलिङ, आसाम, डुवर्स, भुटान, देहरादुन लगायतका स्थानमा दसैँलाई विशेष पर्वका रुपमा मनाउने चलन छ।

दार्जिलिङ, सिक्किम, सिलीगुडी लगायतका स्थानमा बसोबास गर्ने नेपालीभाषीहरुले तामझामका साथ मनाउने गर्छन् । नेपालीहरुले चाडबाड भडकिलो रुपमा मनाउँदै जान थालेको भए पनि दार्जिलिङमा गोर्खालीको सांस्कृतिक एकता पर्वका रुपमा मनाउने गर्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?