दसैँमा मनसँगै शरीर पनि फुर्तिलो बनाउने की ?

दसैँमा मनसँगै शरीर पनि फुर्तिलो बनाउने की ?
+
-

काठमाडौँ— दसैँका बेला प्राय सबै यात्रा गर्छन्। कतिपयलाई त्यो रहर हुन्छ त कतिपलाई बाध्यता। बिस्तारै राजधानी खाली हुँदै छ दसैँ बिदाले ।

यात्रा गर्नेहरु बढेका छन्। जन्मथलो पुग्दा प्राप्त हुने खुशीले लामो र कष्टकर यात्रा पनि बिर्साउँछ। तर लामो यात्रा अनि घरमा पुगेपछि परिवार, आफन्त, छिमेकी, साथीभाईसँगको भेटघाट, भलाकुसारीले उनीहरुको शारीरिक सक्रियता अचानक घट्छ।

हरेक बिहान वा साँझ गरिने शारीरिक अभ्यास ठप्प हुन्छ । योगा या ध्यान पनि टु्टछ। बल्लबल्ल बिदा पाएको यो बेला रमाइलो त गर्नै पर्‍यो नी । भन्छन् सबै त्यसै ।

तर योगाबारे जानकार कमल पौडेलका अनुसार यो बेला शारीरिक अभ्यास नगर्ने र खाना पनि चिल्लो, पिरो र अमिलो अनि कार्बोहाइड्रेटयुक्त धेरै खाने गर्दा रोग उपब्जाउने कारकतत्व बढ्छन् शरीरिमा।

एक ग्राम बोसो अर्थात फ्याटले नौ क्यालोरी बराबरको शक्ति दिन्छ । यो बेला धेरै खाने क्यालोरीयुक्त खानाले सबै शारीरिक क्रियाकलापमा उपयोग भएन भने त्यो बोसोको रुपमा सञ्चित हुन जान्छ ।

त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्छ। यो बेला कम्तिमा २० मिनेट आफ्ना लागि छुट्याउन सकेर त्यसको सदुपयोग शारीरिक अभ्यासमा गर्न सके शरीर पनि फुर्तिलो हुन्छ र त्यसले पनि मन फुर्तिलो बनाउँछ ।

पसिना आउने गरी शारीरिक कसरत गर्दा अझै राम्रो हुन्छ। त्यसको निम्ती छिटोछिटो हिड्ने, नाच्ने, पौडी, ब्याटमिन्टन लगायतका खेल खेल्ने, बगैँचामा काम गर्ने, करेसाबारीमा गेडमेल गर्ने, जस्ता काम गर्न सकिन्छ ।

जसका कारण कोही हदसम्म शरीरिक कसरत गरी जिउलाई हलुका पार्न सकिन्छ । त्यो सँगै लामो समयपछि भेटिएका परिवारका सदस्य, आफन्त, छिमेकी र साथीभाईलाई पनि शरीर फुर्तिलो बनाउन सुझाउन सकिन्छ।

त्यसका लागि एक्लै हुँदा घरभित्रै शारीरिक अभ्यास गर्न सकिन्छ । साथीभाई हुँदा उनीहरुसँग भलाकुसारी गर्दै ट्रेकिङ, हाइकिङ्ग जान सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?