नवलपुरमा गम्भीर दुर्घटना

बस सडकबाट खस्यो :  ६ जनाको मृत्यु, ५७ जना घाइते

बस सडकबाट खस्यो :  ६ जनाको मृत्यु, ५७ जना घाइते
+
-

 

काठमाडौँ – नवलपरासी पूर्व (नवलपुर) मा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । आइतबार बिहानै भएको दुर्घटनामा ५७ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–११, अरुणखोला नजिक आइतबार बिहान ५ बजे हुँदा ज्यान गुमाएका ६ मध्ये पाँचजनाको नाम खुलेको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा सुनसरीको कोशी गाउँपालिका ३ का अब्दुल अन्सारी, भारत बिहारका विद्यानन्द यावद, भोजपुरका रामजित राई र मोरङका ११ वर्षे सुहम कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस्तै उपचारको क्रममा गुल्मीको हस्तीचउरका ३५ वर्षे तिलक विष्टको ज्यान गएको छ । विष्ट नेपाली सेनामा कार्यरत थिए । अर्का एकजनाको नाम खुलेको छैन ।

घटनामा घाइते भएका ५७ जना मध्ये ४१ जनालाई उपचारका लागि भरतपुर लगिएको छ । अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बिहान गाडी आफै अनियन्त्रित भइ सडकबाट तल खसेको हो । बसमा क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको बताइएको छ । बसका चालक निदाएकाले अनियन्त्रित भएर पल्टिएको पनि प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?