
गोरखा – भिरमौरीको मह झिक्न जाँदा भिरबाट लडेर गोरखामा एकजनाको मुत्यु भएको छ । बारपाक गाउँपालिका–२ बारपाकका ५९ वर्षीय जीतबहादुर घलेको भिरबाट लडेर आइतबार मुत्यु भएको स्थानीय नवीन घलेले जानकारी दिए ।
छोरा गिर्जा घलेलाई लिएर कुम्र्याह भिरमा मह झिक्न हिँडेका घले मह झिक्दै गर्दा चिप्लिएर भिरबाट खसेको मृतकका छोरा गिर्जा घलेकोे भनाई उद्धृत गर्दै उनले बताए ।
घले भिरबाट खसेर बेपत्ता भएको जानकारी पाएपछि बारपाक बजारबाट करिब डेढ किलोमिटरको दूरीमा पर्ने उक्त भिरमा गाउँले सबै उनलाई खोज्न पुुगेका थिए ।
भिरबाट करिब पाँच मिटर तल खसेको अवस्थामा गाउँलेले घलेलाई मृत फेला पारेको स्थानीयको भनाई छ । उनको शरीर पूर्णरुपमा क्षतविच्छेद अवस्थामा फेला पारेको घलेले बताए ।
कुम्र्याह भिर अत्यन्तै जोखिमपूर्ण भए पनि त्यस क्षेत्रका मानिस जोखिम मोलेर भिरमौरीको मह झिक्न जाने गरेका छन् ।