
मेलम्ची – सिन्धुपाल्चोक जुगल गाउँपालिकाको याङ्लाकोटबाट बाह्रबिसेका लागि छुटेकोे टिपर भैँसेमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बा ४ ख ९०१७ नम्बरको टिपर सोमबार सडकमै पल्टिँदा ११ जनाभन्दा बढी घाइते भएका छन् । उक्त टिपरले घुम्तीमा अर्को गाडीलाई उछिनेर घुमाउन खोज्दा सडकमा पल्टिएको भैँसे निवासी रामबहादुर तामाङले बताए ।
दुर्घटनाका कारण एकजनाको घटनास्थलमै मृत्यु भएको र बाँकीलाई उपचारका लागि खाडीचौर लगिएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी कुमार श्रेष्ठले मृतकको सनाखत हुन नसकेको र चालक फरार भएको जानकारी दिए ।