म किन गएँ निर्मलनिवास टीका लगाउन?

म किन गएँ निर्मलनिवास टीका लगाउन?
+
-

मेरो पृष्ठभूमि कम्‍युनिष्ट पार्टीको। बहुदल आएपछि २०४८ सालमा असार ६ गते कम्‍युनिस्ट दलहरु एक ठाउँमा आई नेपाल कम्यनिष्ट पार्टी- एकीकृत माक्सवादी लेनिनवादी ( नेकपा एमाले) बनेपछि म पार्टीबाट अलग भएँ।

भूमिगत कालमा म पुष्पलालसँग नजिक थिए र उहाँकै पार्टीमा थिएँ। मैले अन्तिमपल्ट उहाँको मृत्‍युभन्‍दा करीब दुई महिना पहिला भेटेको थिएँ। एकपल्ट मैले उहाँलाई सोधेको थिएँ- यदि हाम्रो लक्ष्‍य र उद्देश्‍य प्रजातन्त्र प्राप्ति हो भने किन हामी अमेरिकालाई साम्राज्यवादी भनिरहन्छौ?

उहाँले भन्‍नुभयो, यो महत्‍वपूर्ण प्रश्‍न हो, पार्टीमा छलफलमा राख्‍नुपर्छ। उहाँको निधन भयो। कम्‍युनिस्टहरुको विलयले राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र प्रजातन्त्र सुदृढ हुने मलाई लागेन। मैले पार्टी छाडेँ।’

मेरो स्थायी निवास रौतहट हो। तर यस पल्टको दसैँमा म काठमाडौंमा थिएँ। विजया दशमीमा टीका लगाउन मन लाग्‍यो। राष्ट्रपति वा गणतन्त्र नेपालको राष्ट्रप्रमुखबाट राष्ट्रिय गरिमा र राष्ट्रिय स्वाधीनता प्रवर्द्धन भएको लागेन। म निर्मल निवासतिर लागेँ। पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमलको हातबाट टीका थापेँ। लामो लाइन थियो त्‍यहाँ टीकाका लागि। विभिन्‍न क्षेत्र, जनजाति र भेषभूषामा त्‍यहाँ नेपालीहरु एकत्र थिए। साँच्‍चै नै राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक र अभिभावक मान्‍नेहरुको प्रतिनिधि भीड थियो त्‍यो।

१२ बुँदेमा ल्‍याप्चे लगाएर हाम्रा नेताहरुले राजालाई र राजसंस्था हटाउन अनि नेपालको आन्तरिक राजनीति सञ्‍चालनमा भारत र बाहिरी शक्तिलाई निम्त्‍याए। सार्वभौम हैसियतलाई अवमूल्‍यन गरेर प्रजातन्त्र सुदृढ हुन सक्‍दैन। कम्‍युनिष्ट र कांग्रेसी नेताहरुले यो मौलिक कुरा बुझ्‍न सकेनन्। नेपालको स्वतन्त्र जनताको सामूहिक आत्‍मनिर्णयको अधिकार पुर्नस्थापित नहुँदासम्‍म यहाँ प्रजातन्त्र सही अर्थमा स्थापित हुन सक्‍दैन। राष्ट्रियता कमजोर हुँदै जान्छ।

०४८ सालमा कम्युनिष्ट पार्टी छोड्दा जुन आशंका थियो मेरो मनमा, ०६२/६३ र १२ बुँदेसम्‍म आइपुग्दा त्‍यो झन स्पष्ट भयो। पुष्टि भयो।

राष्ट्रियता कमजोर पार्नकै लागि राष्ट्रिय एकताका प्रतिकात्मक संस्था र मान्‍यतालाई ०६३ पछिका शासकहरुले कमजोर बनाए। पृथ्‍वी नारायण शाह र मुलुकको एकीकरण प्रतिको सम्‍मानस्वरुप मनाइँदै आएको ‘राष्ट्रिय एकता दिवस’ समाप्त पारिनु र राजसंस्था हटाइनु एउटै वृहत षडयन्त्रको पाटो थियो। त्‍यो १२ बुँदेमा लुकेको षडयन्त्र थियो।

नेपाल सुन्दर, शान्त र विशाल बन्‍न र उसले स्थायित्व, समृद्धि र प्रजातन्त्रको सुदृढीकरण हासिल गर्न राजसंस्था र प्रजातान्त्रिक दलहरु एक ठाउँमा आउनैपर्छ।

अहिले दुई कोरियाको एकीकरणको सम्भावना बढेको छ। त्‍यस्तै अमेरिका, चीन र रुसले चाहेमा विश्‍व शान्ति स्थापित हुने पक्‍का छ। त्‍यस्तै नेपालमा स्थायित्व र उसको सार्वभौम हैसियत तथा प्रजातन्त्रको सुदृढीकरणका लागि यहाँ राजसंस्था र दलहरु मेलमिलाप, राष्ट्रिय सहमति र सहकार्यमा जानै पर्छ।

म कम्युनिष्ट पृष्ठभूमिको व्‍यक्ति, टीकाका लागि शीतल निवास जान मन लागेन र म ऐतिहासिक राजसंस्थाको प्रतिनिधि कहाँ गएँ। मलाई थाहा छ, मैले आम नेपालीको चाहना र मान्‍यतालाई प्रतिनिधित्व गरेको छु।

(कोइराला नेपाल कम्‍युनिष्ट पार्टीका पूर्व केन्द्रीय समिति सदस्य तथा पुष्पलालका सहयोगी हुन्।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?