सुदूरपश्चिम प्रदेशमा विकास बजेट खर्च भएन

सुदूरपश्चिम प्रदेशमा विकास बजेट खर्च भएन
+
-

धनगढी – चालू आर्थिक वर्षको पहिलो चौमासिकको तीन महिनामा सुदूरपश्चिम प्रदेश सरकारको पुजीगत अर्थात विकासे बजेट न्यून मात्रामा खर्च भएको छ । तर, प्रशासनिक काममा खर्च गरिने चालू बजेट भने विकासे बजेट भन्दा पाँच गुणा बढी खर्च भएकोे छ ।

विकास बजेट खर्च गर्न नसेकेको प्रदेश सरकारका कार्यालयले चालू खर्च उल्लेख्य गरेको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएकोे छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत यज्ञराज पाण्डेयले तीन महिनाको अवधिमा चालु बजेट ४ करोड ३० लाख ७८ हजार ३ सय ६२ रुपैयाँ निकासा भएका बेला  पुजीगत बजेट भने ४९ लाख ७४ हजार ७ सय ७४ मात्रै निकासा भएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश मातहतका नौ वटा कार्यालयले तीन महिनाको अवधिमा गरेको चालू खर्च चालू बजेटको शून्य दशमलव ३८ प्रतिशत हो भने पुजीगत बजेटको ०.०४२ प्रतिशत मात्रै हुन आउने पाण्डेयले जानकारी दिए ।

विकास निर्माणका काममा खर्च गरिने पुजीगत बजेट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सामाजिक विकास मन्त्रालयले खर्च गरेका छन् ।

मुख्यमन्त्री कार्यालयले २४ लाख, सामाजिक विकास मन्त्रालयले १९ लाख र भौतिक पूर्वाधार मन्त्रालयले ४ लाख ९८ हजार रुपैया पुजीगत बजेट खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत पाण्डेयले बताए ।

प्रदेशसभा सचिवालयले चालु खर्च १ करोड ६ लाख, अर्थ मन्त्रालयले १३ लाख ७५ हजार, मुख्य न्यायधिवक्ताको कार्यालयले १२ लाख ८९ हजार, मुख्यमन्त्री कार्यालयले ५७ लाख ९८ हजार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ४६ लाख ७२ हजार रुपैया खर्च गरेको छ ।

त्यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ६३ लाख ८८ हजार, भौतिक पूर्वाधार मन्त्रालयले २६ लाख १३ हजार र सामाजिक विकास मन्त्रालयले ८३ लाख ३० हजार खर्च गरेको छ ।

यता, प्रदेश सरकारका अर्थमन्त्री झपट बोहराले भने बजेट कार्यान्वयन सम्यन्त्र र कर्मचारी अभावमा अपेक्षाकृत रुपमा बजेट कार्यान्वयन हुन नसकेको स्वीकार गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?