हेल्थ टिप्स

जिका भाइरसकाे संक्रमणबाट कसरी बच्ने

जिका भाइरसकाे संक्रमणबाट कसरी बच्ने
+
-

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले जिका भाइरस विश्वभर जनस्वास्थ्यका निम्ति खतरा भएको घोषणा गरिसकेको छ । जिका भाइरस सन १९४७ मा अफ्रिकाको जिका जंगलमा पत्ता लागेको थियो । अहिले यो संक्रमण १८ देशहरुमा फैलिएको छ ।

सरुवा रोग विषेशज्ञ डा. अनुप बास्तोलाका अनुसार जिका भाइरस एडीज लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । एडीज लामखुट्टे रातिमा भन्दा दिनमा बढी सक्रिय हुने लामखुट्टे हो । यो लामखुट्टेले गर्मीयाममा डेङ्गु जस्ता रोग फैलाउने गर्दछ ।

यो रोगले नवजात शिशुको स्नायुमा असर गर्ने हुदा जन्मिने बच्चाको टाउको सानो आकारको र अर्धविकसित हुने पाइएको छ । यो टाउको सानो हुने मस्तिष्क सम्बन्धी रोगलाई ‘माइक्रोसेफाली’ भनिन्छ । आजसम्म यस रोगको कुनै उपचार पत्ता लागेको छैन ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला भन्छन्, ‘एडिज लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोक्दा यो रोग एकबाट अर्काेमा सर्ने गर्दछ । संक्रमित व्यक्तिको रगत लिने र दिने प्रकियाबाट पनि यो रोग सर्ने सम्भावना रहन्छ । संक्रमित गर्भवती महिलाबाट बच्चामा पनि यो रोग सर्न सक्छ।’

जिका भाइरसको संक्रमण पछिको लक्षण


  • आँखा रातो हुने
  • शरीरमा राता राता दागहरु देखिने
  • मन्द ज्वरो आउने
  • कमजोरी महसुस हुने
  • टाउको दुख्ने
  • मांसपेशी दुख्ने
  • जोर्नी दुख्ने

रोकथामको उपाय


जिका भाइरसको रोकथाम भनेको नै लामखुट्टेको टोकाइबाट बच्नु नै हो । लामखुट्टे बस्ने ठाँउ जस्तै पानी जमेको ठाँउ, झाडी, फोहोर, जस्ता स्थान हुन् । त्यसकारण घर वरिपरि पानी जम्ने ठाउँ पुर्नुपर्दछ, पानीलाई छोपेर राख्नुपर्दछ, पुराना टायर र खाली बोतल हटाउनुपर्दछ ।

घरमा झ्याल ढोका बन्द गर्ने, झुल टागेर सुत्ने गर्नुपर्दछ । एडीज लामखुट्टे रातमा भन्दा दिनमा बढी सक्रिय हुने भएकाले बाहिर जाँदा या घरमा बस्दा, सकेसम्म शरीरलाई ढाक्ने लुगा लगाउने गर्नुपर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?