चाडपर्वको खाना र स्वास्थ्य

स्वस्थ जीवनशैलीका लागि अपनाउनु होस् यी १० उपाय

स्वस्थ जीवनशैलीका लागि अपनाउनु होस् यी १० उपाय
+
-

काठमाडौँ – दसैँ सकिएलगतै अस्पतालहरुमा बिरामीको संख्या बढ्ने गरेको चिकित्सकहरु बताउँछन्। यसको कारण हो, दसैँको खानपान।

दसैँ सकिएपछि रगतमा चिल्लोको मात्रा बढ्ने, मधुमेह, उच्च रक्तचाप, ग्यासट्राइटिस जस्ता समस्या लिएर बिरामी अस्पताल आउने गरेको सिभिल अस्पतालका डा. रमेश पन्त बताउँछन्। उनी भन्छन्, ‘यदि खानपानमा राम्रो ख्याल नगर्ने हो भने दसैँ दशा बनेर आउछ।’

कतिपय बिरामीलाई के गर्ने र के नगर्ने भन्ने थाहा हुँदा–हुँदै पनि चाडपर्वको बेलामा खानेकुरा अगाडि आएपछि कन्ट्रोल गर्न नसकिने गुनासो सुनिने चिकित्सक बताउँछन्।

दीर्घरोगीले पनि चाडवर्पको बेला आफ्नो स्वास्थ्यलाई त्यति ध्यान नदिएको र चाडपर्वको अन्त्यसँगै रगतमा सुगर बढ्ने, टाइगिल्सोराइड, कलेस्ट्राेल बढ्ने जस्ता समस्याले गर्दा अस्पतालमा बिरामी दिन–प्रतिदिन बढिरहेको डाक्टरहरु बताउँछन्।

आधाभन्दा धेरै रोग खानपानबाटै लाग्ने हुँदा चाडपर्वको बेलामा मात्रै नभई अरु बेलामा पनि सावधानी अपनाउनु पर्ने चिकित्सक बताउँछन्।

बिरामी हुँदा मात्रै नभएर सामान्य अवस्थामा पनि मैले के खाँदै छु? यो खानेकुरा मेरा लागि कति उपयोगी छ या छैन? जिब्रोका लागि मात्रै हो कि मिठो हो कि मेरो स्वास्थ्यलाई पनि फलदायी छ या छैन भन्ने कुरा हरबखत बुझ्न जरुरी रहेको चिकित्सकहरुको सुझाव छ।

डा. पन्तका अनुसार भुटेको, तारेको, डडेका, खानेकुरा खान हुँदैन। ‘त्यो स्वास्थ्यका लागि हानिकारक छ भन्ने धेरैलाई थाहा छ,’ पन्तले देश सञ्चारसँग भने, ‘तर चाडपर्व हो भनेर हेल्चेक्य्राई गर्दा जीवनभरि नै रोगको शिकार भएर बाँच्नुपर्ने बाध्यता आउन सक्छ।’

डा. पन्तले स्वास्थ्यकर जीवनशैली अपनाउनका लागि १० वटा सुझाव दिएका छन्। जुन निम्नानुसार छन्ः

१) भुटेको, तारेको, डडेको, धेरै गुलियो, मैदाजन्य पदार्थ, जङफुड, धूम्रपान र मध्यपान नगर्ने।

२) पकाएको खानलाई राम्रोसँग ढाकेर राख्ने, पकाउने बेलामा नूनको प्रयोग अन्तिममा गर्ने जसले गर्दा नूनमा रहेको आयोडिन नष्ट हुन पाउँदैन।

३) शरीरलाई फुर्तिलो बनाउन र रोगमुक्त बनाउन दैनिक रुपमा योग, ध्यान, शारीरिक व्यायाम गर्ने।

४) नियमित रुपमा सन्तुलित भोजन गर्ने।

५) प्रशस्त पानी पिउने।

६) बिरामी पर्दा मात्रै होइन, अरुबेला पनि ६–६ महिनाको अन्तरालमा होलबडी चेकअप गराउने।

७) घरआँगन, टोल सफा राख्ने, पानी जम्ने खाल्टाहरु पुर्ने।

८) घरमा केही बिरामी भएमा या आफैँ बिरामी परेमा समयमै औषधि खाने र खुवाउने। यदि बिरामी परेको खण्डमा डाक्टरसँग जाँच गराएर मात्रै औषधि सेवन गर्ने।

९) धुलोधुँवा कडा घाममा जाँदै हुनुहुन्छ भने मास्क, चस्मा छाताजस्ता साम्रगी नछुटाउने।

१०) समय अनुसारको कपडा लगाउने, सकेसम्म लामो बाउला भएको कपडाको प्रयोग गर्ने। सुत्ने बेला नियमित झुलको प्रयोग गर्ने। जसले गर्दा लामखुट्टेजस्ता अन्य किराको टोकाईबाट पनि बँच्न सकिन्छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’