
काठमाडौं– काभ्रेस्थली कृषि सहकारी संस्थाको पाचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सहकारीको शेयर पुँजी ५० लाख रुपैयाँ रहेको संस्थामा ६ सय शेयर सदस्य रहेका छन्। नेपाल सरकार युवा तथा स्वरोजगार साना व्यवसायी कर्जाको ५० लाख कृषकहरुमा सहुलियत लगानी समेत गरेको संस्थाले हालसम्म १ सय ५० कृषक महिलाहरुमा बाख्राका पाठा वितरण गरेको छ।
सिलाई तालिम तथा मेसिन वितरण हाते ट्रयाक्टर वितरण कृषि मल बिउ विजन साथै पशु स्वास्थ्य कार्यक्रम समेत सञ्चालन गरेको छ।
तारकेश्वर नगरपालिका वडा नं २ स्थित यो सहकारीको साधारण सभा शिक्षा प्रेमी तिर्थ प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राम सुदन भण्डारीले गरेका थिए।