निर्मलाको न्यायका निम्ति आन्दोलन पुन सुरु

बर्खास्त गरिएका एसपी र इन्स्पेक्टरलाई कानुनी दायरामा ल्याउन माग

बर्खास्त गरिएका एसपी र इन्स्पेक्टरलाई कानुनी दायरामा ल्याउन माग
+
-

धनगढी – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई चाँडो सार्वजनिक गर्न माग गर्दै कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ।

नेपालीहरुको चाड दसैँलाई मध्यनजर गर्दै केही समयका लागि रोकिएको आन्दोलन फेरि सुरु भएको हो। निर्मलाका बुबाआमाको उपस्थितिमा सोमबार महेन्द्रनगरमा बृहत प्रदर्शन समेत गरिएको छ। महेन्द्रनगरको मदनचोकबाट सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो।

त्यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत तारानाथ अधिकारीमार्फत गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ।

आइतबार बसेको सर्वपक्षीय बैठकले र्यालीसहित प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरे बमोजिम प्रदर्शनसहित गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले जानकारी दिइन्।

उनले निर्मलाका हत्यारा पत्ता नलागेसम्म दबाबमूलक जुलुश, प्रदर्शन र ज्ञापनपत्र बुझाउने लगायतका कार्यक्रम जारी रहने जानकारी दिइन्।

ज्ञापनपत्रमा निर्मला हत्या प्रकरणमा कात्तिक ८ गते वर्खास्त गरिएका तत्कालिन कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक डिल्लिराज बिष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदीश भट्टलाई कानुनी कारवाही गर्न माग गरिएको छ।

गत साउन १० गते साथीको घर जान हिँडेकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको पुष्टि भएपनि हत्याराको अझै पहिचान हुन सकेको छैन।

त्यसैले चाँडो अपराधी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन आग्रह गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?