मोडेलको कहानी, प्रहरीका अगाडि किन खोलिन् शरीरका सबै लुगा ?

मोडेलको कहानी, प्रहरीका अगाडि किन खोलिन् शरीरका सबै लुगा ?
+
-

भारतको मुम्बईमा एक मोडेल र प्रहरीबिच भएको विवादको घटना चर्चामा आएको छ । मुम्बईकी २७ वर्षीया ती मोडेलका तीनवटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

प्राप्त खबरका अनुसार प्रहरी ती मोडेललाई प्रहरी चौकी लैजान आएको थियो । तर जब विवाद बढ्दै गयो मोडेलले लगाएका कपडा खोल्न थालिन् ।

मोडेलले भनेकी छन् कि, ‘म माथि गलत आरोप लगाइएको छ । एक युवतीले यस्तो गर्नुभन्दा अगाडि हजारौँ पटक सोच्ने गर्छे । मसँग भएको यो घटनाको पीडा मैले मात्र महसुश गर्न सक्छु । म पनि एक केटी मान्छे हुँ मलाई यो सब गर्नमा लाज लागिरहेको छ । तर म यो घटनाबाट बाहिर निस्कन सकिरहेकी छैन ।’

उनले अगाडि भनिन्, ‘प्रहरी पनि अचेल युवतीहरुमाथि राम्रो व्यवहार गरिरहेको छैन । ठाउँठाउँमा सामूहिक बलात्कारका घटना भइरहेका छन् । मलाई कसैसँग विश्वास लागिरहेको छैन ।’

खबरका अनुसार केहीसमयअघि ती मोडेलसँग उनी बस्ने घरको गार्डसँग झगडा भएको थियो । गार्डले आफूमाथि मोडेलले कुटपिट गरेको शिकायत प्रहरीलाई गरेका थिए ।

झगडा हुनुको कारण मोडेलले गार्डलाई चुरोट मगाएकी थिइन तर गार्डले आफू ड्यूटीमा रहेका कारण चुरोट ल्याउन नसक्ने बताएपछि दुवैबिच कुटाकुट भयो ।

गार्डले प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरीको टोली मोडेललाई चौकीमा लैजान उनको घर पुग्यो । तर मोडेलले प्रहरी टोलिसँग भनिन्, ‘तपाईहरुसँग एकजना पनि महिला प्रहरी छैनन् म यो रातमा तपाईहरुसँग जान सक्दैन, के तपाई आफ्नी छोरीसँग पनि यस्तै व्यवहार गर्नुहुन्छ ? म भोली बिहानै चौकी आउँछु ।’

तर प्रहरीले उनलाई नलगी नजाने जिद्वी गर्यो र यस्तैमा ति मोडेलले आफूले लगाएका सबै लुगा फुकाल्न थालिन् ।

भारतीय कानून अनुसार महिला प्रहरी बिना कुनै पनि महिलालाई सोधपुछ गर्न पाईदैन । त्यहाँ महिलालाई सूर्यास्त र सूर्योदयको बिचमा चौकीमा बोलाउन पाईदैन । र गिरफ्तार गर्न पनि पाईदैन ।

प्रहरीले गार्डको आरोपमाथि उजुरी दर्ता गरेको छ तर मोडेलका तर्फबाट कुनै पनि उजुरी दर्ता गरेको छैन ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?