न्याय सम्पादनमा समस्या

टीकापुर हत्याकाण्डः सक्कल मिसिल सर्वोच्चमा हुँदा सुनुवाई अघि बढेन

टीकापुर हत्याकाण्डः सक्कल मिसिल सर्वोच्चमा हुँदा सुनुवाई अघि बढेन
+
-

धनगढी – टीकापुर हत्याकाण्डको सक्कल मिसिल सर्वोच्च अदालतमा अड्किएको छ। जसका कारण मुद्दाको प्रक्रिया अगाडि बढन सकेको छैन।

घटना भएको तीन वर्षपछि साउन ३० गते भएको पहिलो पेशीमा जिल्ला अदालत कैलालीले वादी प्रतिवादीलाई साक्षी लिएर आउन दिएको आदेश अनुरुप भदौ २४ गतेदेखि वादी प्रतिवादीका साक्षीको बकपत्र (बयान) लिइएको थियो।

बकपत्र लिने कार्य पनि असोज १२ गते सकिएको छ। वादी प्रतिवादीका ८५ जना साक्षीले घटनाबारे अदालतमा बयान दिएका छन्।

तर, घटनाको सक्कल मिसिल सर्वोच्च अदालतमा रहेका कारण समस्या भइरहेको अदालतका श्रेस्तेदार इन्द्रबहादुर कठायतले जानकारी दिए।

टीकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेका कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचन सांसद रेशमलाल चौधरीले अदालतमा आत्मसमर्पण गरेपछि अदालतले थुनामा राख्न आदेश दिएको थियो।

त्यसपछि उक्त निर्णयविरुद्ध चौधरीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि घटनाको सक्कली मिसिल सर्वोच्चम पठाइएको थियो। अहिले पनि घटनाको सक्कल मिसिल सर्वोच्चमै छ।

जसका कारण घटनाका साक्षीको वकपत्र पनि नक्कली मिसिलका आधारमा लगिएको थियो। घटनाका साक्षीको बकपत्र सकिएपछि मुद्धाको पेशी तोकेर मुद्दाको फैसला पक्रिया अगाडि बढाउने तयारी जिल्ला अदालत कैलालीको थियो।

तर, चौधरीले सर्वोच्चमा हालेको मुद्दाको फैसला नभएका कारण मिसिल पनि नआउदा पेशी चढाउने कार्य पनि सुरु गर्न नसकिएको श्रेस्तेदार कठायतले बताए।

थरुहट–थारुवान आन्दोलनको क्रममा वि.सं. २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो।

हालसम्म एक नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।

दुई नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौँको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाकाचोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ। घटनामा सग्लन अझै ३२ जना फरार रहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?