बालबालिकालाई देशैभरि भिटामिन ‘ए’ खुवाइँदै

बालबालिकालाई देशैभरि भिटामिन ‘ए’ खुवाइँदै
+
-

काठमाडौँ – आज र भोलि देशभर बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।

सरकारले भिटामिन ए कार्यक्रम अन्तरगत आज र भोलि दुई दिन ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभर भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने काम भइरहेको महिला स्वास्थ्य स्वयंसेविका सीता खड्काले जानकारी दिएकी हुन्। भिटामिन ए क्याप्सुल सुत्केरी महिलालाई पनि खुवाइएको पनि उनले बताएकी छिन्।

यस वर्ष ५ वर्ष मुनिका २३ लाख ५६ हजार भन्दाबढि बालबालिकालाई भिटामिन ए क्याक्सुल खुवाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका सबै स्थानीय तहको वडास्तरमा नै महिला स्वास्थ्य स्वयमसेविकाहरुले भिटामिन ए तथा जुकाको औषधि खुवाउँदैछन्। अभियानमा देशभरका ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयंसेविकासहितको जनशक्ति परिचालन गरिएको छ।

बाल मृत्युदरलाई रोक्न सरकारले वि.सं. २०५० सालदेखि यो अभियान सञ्चालन गर्दै आएको छ। वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते भिटामिन ए कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्नुपर्ने भएपनि यस वर्ष दसैँका कारण आज र भोलिका लागि सारिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?