फूलको व्यापार

नेपालले फूल कहिले निर्यात गर्ने ? व्यवसायी भन्छन्, ‘हिम्मत छैन’

नेपालले फूल कहिले निर्यात गर्ने ? व्यवसायी भन्छन्, ‘हिम्मत छैन’
+
-

काठमाडौँ – तिहार, उत्साह र उमंगको पर्व। झिलिमिलि बत्ती, सिंगारिएका घरहरु। यतिबेला देउसी भैलोको कुरा हुन्छ, सेलरोटिका कुरा हुन्छन्। दाजु र बहिनीको मायाको कुरा हुन्छ।
यस्तै तिहारमा कुरा हुने अर्को विषय हो, फूलको व्यापार।

लक्ष्मी पूजा गर्न, घरका झ्याल ढोका सजाउन फूल धेरै किनबेच हुन्छ। देशमा उत्पादन भएका फूलले नपुगेर छिमेकी देश भारतबाट फूल अायात गरिन्छ।

विशेषगरी तिहारकै लागि मात्रै भनेर भारतबाट करोडौँ मूल्यका फूल हरेक वर्ष नेपाल भित्रिएको सञ्चार माध्यमहरु खबर प्रकाशन गर्छन्।

यसवर्षको तिहारका लागि पनि आवश्यकताको झण्डै २० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने फ्लोरिकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष मिनबहादुर तामाङले बताए ।

‘अघिल्लो वर्षको तिहारमा आवश्यकताको ३० प्रतिशत फूल भारतबाट आयात भएको थियो,’ तामाङ भन्छन्, ‘यसवर्ष त्यो मात्रा घटेर २० प्रतिशतमा झरेको छ ।’

त्यसो भए के यो वर्ष नेपालमा फूल उत्पादन बढेको हो त ?
तामाङ भन्छन् ‘होइन यो वर्ष तिहार ढिलो भयो, सबै फूलहरु फुल्न पाए, असोजएता पानी परेन, मौसमले पनि साथ दिएकोले फूलको उत्पादन केही राम्रो मात्रै भएको हो ।’

हुन त नेपालमा हरेक वर्ष व्यवसायिक पुष्पखेती गर्नेक्रम बढ्दो रहेको तथ्याङहरुले देखाउने गरेको छ तर किन मुलुकका लागि चाहिएजति फूल उत्पादन गर्न सकिएको छैन ? अथवा विदेशबाट आयात गरिरहनुपर्ने नियती किन र कहिलेसम्म ? व्यवसायीहरु यो प्रश्नको जवाफ सरकारतिर तेर्साउछन् ।

‘सरकारले आवश्यक सहयोग गरेकै छैन, निजी क्षेत्रको प्रयासले मात्रै आयातमा पूर्ण रोक लगाउनु संभव छैन,’ ‘फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसुजु भन्छन् ‘व्यवसायीहरुलाई सरकारले सहयोग नगरेसम्म नेपालमा फूलको आयात रोकिदैँन बरु अझै बढ्ने संभावना छ । ’

‘पछिल्लो समय विश्वबजारसँग गुणस्तरीय उत्पादन र उत्पादनको निरन्तरताका लागि प्रतिस्पर्धा गरिरहनुपरेको छ । कसरी आयात प्रतिस्थापन गर्न भन्ने कुरामा हामी पनि चिन्तीत छौँ तर सरकारी सहुलियत बिना ठूलो लगानी गर्न सक्ने हिम्मत हामी व्यवसायीहरुमा अहिले छैन,’ श्रेष्ठ भन्छन्, ‘अहिले हामीलाई फूलमा आत्मनिर्भर हुन पनि मुस्किल छ, निर्यातको विषय त टाढाकै कुरा भैहाल्यो ।’

नेपालमा आधुनिक पुष्पखेतिको बिस्तार गर्न सकिने भएपनि विश्वबजारसँग प्रतिष्पर्धा गर्न ठूलो लागानी आवश्यक रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका वरिष्ठ उपाध्यक्ष तामाङको भनाई छ ।

‘अहिले विश्वले वातानुकुलित सहितको हाई टेक प्रणाली मार्फत फूलको उत्पादन गरिरहेको छ, अत्यन्त महँगो भएका कारण हामीले त्यो प्रविधि भित्राउन सकेका छैनौँ, पुरानै प्रणालीले उत्पादन भएका फूलले प्रतिष्पर्धा गर्न सकिने अवस्था छैन,’ उनी भन्छन् ।

तामाङका अनुसार यो प्रणालीमार्फत दुईहजार वर्गमिटरमा मात्रै फूलको उत्पादन सुरु गर्न डेढ करोडको लगानी चाहिन्छ । सरकारी सहुलियत बिना त्यो संभव नभएको उनको भनाई छ ।

नेपालमा हरेक वर्ष झण्डै दुई अर्वको फूलको कारोवार हुने गरेको छ । आर्थिक वर्ष ०७४ र ७५ मा मात्रै एक अर्व ८६ करोडको फूलको कारोवार भएको तथ्याङक छ । त्यसमध्येको ३० प्रतिशत फूल भारतबाट आयात गर्नुपरेको थियो ।

यसवर्षको तिहारमा मात्रै ९ करोडको कारोवार हुने अनुमान गरिएको छ । नेपालमा दसैँ तिहार र प्रणय दिवसका अवसरमा सबैभन्दा धेरै फूलको व्यापार हुने गरेको छ ।

अहिले नेपालमा झण्डै ७ सय जनाले व्यवसायिक पुष्पखेती गरिरहेका छन् । नेपालमा हरेक वर्ष १० देखि १५ प्रतिशतले फूलको खपत बढीरहेको ‘फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।

सबै तस्बिरहरु: प्रभात खनाल देश सञ्चार ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?