
प्रियंका चोपडा र निक जोनसको विवाहको कुरा अहिले चर्चामा छ । उनीहरुले विवाहका लागि धुमधामका साथ तयारी गरिरहेका छन् ।
यो विवाहको कुरामा थप एउटा कुरा चर्चामा आएको छ । खबर अनुसार प्रियंकाले आफ्नो विवाहमा कुनै पनि बलिउड स्टारलाई बोलाउने छैनन् ।
भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरे अनुसार प्रियंका चोपडा र निक जोनसले कुनै पनि बलिउड स्टारलाई उनीहरुको विवाहमा आमन्त्रण गर्ने छैनन् ।
यसअघि प्रियंका चोपडाले आफ्नो विवाहमा सलमान खान, रणबीर कपूर, आलिया भट्ट, कैटरीना कैफ, फरहान अख्तर र सिद्धार्थ राय कपूरलाई निमन्त्रणा दिने खबर बाहिर आएको थियो ।
तर प्राप्त पछिल्लो खबरअनुसार प्रियंका र निक जोनसको विवाहमा उनीहरुका एकदमै नजिकका साथी र परिवारका सदस्य मात्रै सहभागी हुनेछन् । कुनै पनि बलिउड स्टारलाई निमन्त्रणा पठाइने छैन ।
निक र प्रियंकाले दुईपटक विवाह गर्ने कुरा छ । उनीहरुले एकपटक हिन्दू परम्परा अनुसार र अर्काेपटक क्रिश्चियन रीतिरिवाजमा आधारित रहेर विवाह गर्नेछन् । दुवैजनाले एक अर्काको धार्मिक आस्थाको सम्मान गर्नका लागि यो निर्णय गर्न चाहेको बताएका छन् ।
श्रोत: आजतक