दिल्लीको प्रदुषणस्तर मापदण्डभन्दा २० गुणा बढी

दिल्लीको प्रदुषणस्तर मापदण्डभन्दा २० गुणा बढी
+
-

नयाँ दिल्ली – भारतको नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठनले तोकेभन्दा प्रदुषणको स्तर २० गुणा बढेपछि अधिकारीहरूले स्थानीयवासीलाई सकेसम्म केही दिन घरभित्रै रहन र प्रदुषणका स्रोत मानिने गतिविधिलाई कम गर्न सहयोगी भूमिका खेल्न आग्रह गरेका छन्।

दीपावलीअघि नै शहरमा बाक्लो तुवाँलोले ढाकिएपछि त्यहाँका बासिन्दाहरूमा त्रास फैलिएको छ। दीपावली मनाउँदा पटाका पड्काइने भएकाले वायुको गुणस्तर झनै खस्किने ठानिएको भन्दै विज्ञहरूले पूर्व चेतावनी दिएका छन्।

प्रदुषण कम गर्न शहरभित्र भइरहेका निमार्णकार्यलाई नियन्त्रण गरिएको छ। सबै विद्यालयहरूमा तीन दिन विदा दिइएको समाचार संस्था एएफपीले जनाएको छ।

भारतको सर्वोच्च अदालतले दुई घण्टा मात्र पटाका पड्काउन आदेश दिएको छ। तर धार्मिक आस्थाका कारण हुने गतिविधिमा त्यस प्रतिबन्ध लागु गर्न निकै कठिन हुने उनीहरूको विश्वास छ। भारतीयहरूले दीपावलीलाई ‘असत्यमाथि सत्यको विजय’ हुने संकेतका रूपमा मनाउने गर्छन्।

विश्व स्वास्थ्य संगठनले १४ भारतीय सहरलाई अतिप्रदूषित सूचीमा राखेको छ। दिल्ली विश्वकै अतिप्रदूषित स्थानमध्ये छैटौँ स्थानमा पर्छ। भारतीय शहरहरूमा पछिल्ला केही वर्षयता वायु प्रदुषणको मात्रा निकै बढेको बताइने गरेको छ।

भारतीय राजधानी दिल्लीमा छिमेकी राज्यहरू पन्जाब तथा हरियाणाका किसानहरूले जमिनको उर्बराशक्ति बढ्ने विश्वासका साथ खेत सफा गर्ने क्रममा हरेक वर्ष नोभेम्बर तथा डिसेम्बरमा वायुको गुणस्तर खस्कने गरेको भारतीय अधिकारीहरूको बुझाई छ।

राजधानी दिल्लीमा बढेको प्रदुषणमा कमी गर्न भारत सरकारले पटक पटक नियन्त्रणका योजना सार्वजनिक गरेपनि सवारी साधनको अत्यधिक चाप र अव्यवस्थित शहरीकरण साथै औद्योगिकीकरणले यस कार्यमा चुनौती दिने गरेको छ।

प्रदुषण कमी गर्न र प्रदुषणमुक्त समाज निर्माणका लागि सरकार, स्थानीय संघसंस्था, नागरिकहरूले जनचेतना सिर्जना गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?