नेपालका सबैभन्दा धनी विनोद चौधरीकहाँ यस्तो लक्ष्मीपूजा (फोटोफिचर)

नेपालका सबैभन्दा धनी विनोद चौधरीकहाँ यस्तो लक्ष्मीपूजा (फोटोफिचर)
+
-

काठमाडौँ– बिजनेस टाइकुन एवं नेपालका एक मात्र अर्बपति विनोद चौधरीको मुख्य कार्यालयमा बुधबार अलग्गै रौनक थियो।

लक्ष्मीको पूजाका अवसरमा चौधरी ग्रुपको सानेपास्थित मुख्यालय चिटिक्क पारिएको थियो। अर्बपति चौधरी विदेशयात्राबाट नफर्केका भए पनि उनका तीन छोराहरुसहित परिवारका सदस्यले लक्ष्मीपूजा गरेका छन्।

विदेशमा रहेका विनोद चौधरी दिउँसो एक बजे आइपुग्ने तालिका भएपनि फ्लाइट ढिलाइ भएपछि उनी उपस्थित हुन नसकेको सिजी ग्रुपका कर्पोरेट महाप्रबन्धक मधुसुदन पौडेलले जानकारी दिए।

मुख्य कार्यालय सिजी ग्रुपमा उनका छोराहरु निर्वाण, राहुल र वरुणले लक्ष्मीको पूजा गरेका थिए। उनका कान्छा भाइ अरुण चौधरी र कार्यालयका उच्च तहका कर्मचारीहरु पनि सहभागी थिए।

साँझ ५ बजेदेखि सुरु भएको पूजा करिव डेढ घण्टा चलेको थियो। विनोद चौधरी नेपालका सर्वाधिक धनी र फोर्ब्सको सूचीमा समेटिएका नेपालका एक मात्र धनी व्यक्ति हुन्।

चौधरी विश्वकै धनी व्यक्तिको सूचीमा १५६१औँ सूचीमा छन्। सन् २०१८ मा फोर्ब्सले सार्वजनिक गरेअनुसार उनको सम्पत्ति १ दशमलव ५ बिलियन डलर छ। चौधरीले हरेक वर्ष लक्ष्मीपूजा महत्वका साथ गर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?