प्रजनन् दर र विश्वको जनसंख्या

प्रजनन् दर आधाले घट्यो, जनसंख्या तेब्बरले बढ्यो

प्रजनन् दर आधाले घट्यो, जनसंख्या तेब्बरले बढ्यो
+
-

विश्वभरमा प्रजनन् दर सन् १९५० यता आधाले कम भएको तर पनि जनसंख्या भने बढीरहेको एक अध्ययनले देखाएको छ । द ल्यान्सेट जर्नलमा बिहीबार प्रकाशित भएको रिपोर्ट अनुसार प्रजनन् दर पछिल्लो ६८ वर्षमा आधाले कम भए पनि जनसंख्या भने निरन्तर बढ्ने क्रममा छ।

एक महिलाले आफ्नो प्रजनन् योग्य उमेरमा जन्माउने बच्चाको संख्या अर्थात प्रजनन् दर ठूलो मात्रामा घटेको देखिएको हो । प्रतिवेदन अनुसार सन् १९५० एक महिलाले जीवित बच्चा जन्माउने दर ४.७ रहेकोमा सन् २०१७ मा यो दर २.४ रहेको छ ।

तर विश्वको जनसंख्या भने सन् १९५० को तुलनामा अहिले तेब्बर भएको छ । सन् १९५० मा विश्वको जनसंख्या २.६ बिलियन रहेकोमा सन् २०१७ मा ७.६ बिलियन पुगेको छ । सन् १९८५ यता हरेक वर्ष विश्वमा झण्डै ८५ मिलियन जनसंख्या थपिने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ता डा. क्रिष्टोफर मुरेले भने, ‘महिलाहरु शिक्षित हुँदै जानु तथा कामकाजी बन्दै जानु, स्वास्थ्य सेवामा पहुँच बढ्दै जानुले प्रजनन् दरमा तीव्र रुपमा कमी आएको छ ।

विशेषगरी युवा महिलामा यसको दर झन कम छ ।’ डा. मुरे अमेरिकाको वासिङ्गटन विश्वविद्यालयमा रहेको इन्स्टिच्युड फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएनका निर्देशक हुन् ।

प्रजनन् दर घट्नुका अरु प्रमुख कारण शिशु जीवित रहने दर बढ्नु र ढिलो गरी हुने विवाह पनि रहेको उल्लेख गरिएको छ ।

विश्व स्वास्थ्य स्वास्थ्य संगठनको ह्युमन रिप्रोडक्सन टिमका संयोजक डा. जेम्स किएरीले भने, ‘महिलाले विवाह गर्ने उमेर बढ्दो क्रममा छ ।’

ब्लुएचओको डिपार्टमेन्ट अफ रिप्रोडक्टिभ हेल्थ एण्ड रिसर्च अन्तर्गत रहेको टिमका संयोजक डा. जेम्सले भने, ‘सन्तान जन्माउने प्रमुख माध्यमको रुपमा विवाह रहेको छ, विश्वभरि ।’

उनी यो अनुसन्धानमा संलग्न भने भएका थिएनन् । विश्वका १९५ देशमा नै प्रजनन् दरमा कमी आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?