
शाहिद कपूर र मीरा राजपूतले दीपावलीका अवसरमा आफ्ना फ्यानहरुका लागि शुभकामना दिएका थिए । तर उनीहरुले जुन तस्बिर शेयर गरे त्यसमा ट्रोल भएका छन् ।
मीरा राजपूतले शाहिदसँग आफ्नो किस गरिहरेको तस्बिर शेयर गरेकी थिइन् । फ्यानहरुले त्यो मन पराएनन र दुवैजनाले आलोचना खेप्नुपरेको छ ।
फ्यानहरुले दिदीभाइको पर्व दीपावलीमा यस्तो खालको तस्बिर शेयर गर्नुलाई अनुचित भनेका छन् ।
एकजना फ्यानले लेखेका छन्, ‘यो दीपावली हो हनीमून होइन ।’ एक अर्का सामाजिक सञ्जालका प्रयोगकर्ताले लेखेका छन्, ‘थर्ड क्लास दीपावली, लाज मान्नुस ।’
अर्का एकजनाले भनेका छन्, ‘किन मानिसहरु यो तरिकाले आफ्नो माया देखाउछन, आफ्नो पर्सनल लाइफ पर्सनल नै राख्दा राम्रो ।’
एक अर्का फ्यानले भनेका छन् कि ‘दीपावली र प्रणय दिवसमा फरक छ ।’
मीरा र शाहिद ले जुलाई, २०१५ मा विवाह गरेका थिए । विवाहका बेला शाहिद ३४ वर्ष र मीरा २१ वर्षकी थिइन् । विवाहको तीन वर्षमा उनीहरुको २ बच्चा छन् ।