वातावरणमा दीपावलीको असर

अति नै खराब बन्यो दिल्लीको वायु प्रदुषण

अति नै खराब बन्यो दिल्लीको वायु प्रदुषण
+
-

भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषण निकै खराब बनेको छ । विशेषरी बत्ती र पटका बढी पड्काइने पर्व दीपावलीपछि दिल्लीको वायु प्रदुषण निकै खराब बनेको हो ।

दिल्ली यसै पनि विश्वका सबैभन्दा प्रदुषित शहरमध्ये एक थियो, त्यसमाथि दीपावलीमाको क्रममा भएका आतिशबाजीका कारण झन खराब बनेको छ ।

वायुको गुणात्मकता नाप्ने सूचकांक शुक्रबार ६०० भन्दा माथि पुगेको छ । यो सूचकांक ५० भन्दा माथि हुनु हुँदैनथ्यो । दीपावली अघि पनि प्रदुषण निकै बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो ।

यहि अवस्थालाई मध्येनजर गर्दै सर्वोच्च अदालतले दुई घण्टा मात्रै आतिवाशी गर्न भनेको थियो । तर त्यसको पलना भएन । अघिल्ला वर्षजस्तै यस वर्ष पनि पटकाको बिक्रीमा कमी ल्याउने प्रयास पनि भयो ।

यसका बाबजुद दिल्लीसहित हरियाणा, पञ्जाब तथा उत्तर प्रदेशमा वायु प्रदुषण अत्याधिक बढेका छन् । दीपावलीको क्रममा वायु प्रदुषण बढेको र वायुमा केही खतरनाक तत्व तीव्र रुपमा बढेका छन्।

वायुको खराब गुणस्तरका लागि आतिशवाजी मात्रै नभएर अरु कारण पनि जिम्मेवार रहेको बताइएको छ । दिल्लीमा अक्टोबरदेखि डिसेम्बरसम्म वायु प्रदुषणको स्तर निकै बढी हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको विश्वका सबै भन्दा प्रदुषित २० शहरको सूचिमा दिल्लीसहित भारतका ९ शहर परेका छन् । मानव स्वास्थ्यका लागि निकै घातक मानिने पिएमको स्तर यी शहरमा २.५ रहेको छ ।

यो समयमा दिल्लीसहित उत्तर भारतका धेरै शहरमा वायु प्रदुषण बढ्नुका कारण दीपावलीको आतिशवाजीसँगै अरु कारण पनि छन् । यसमा पञ्जाब तथा हरियाणाका किसानले धानको पराल जलाउनु, सवारी साधानबाट हुने उत्सर्जन, दिल्लीमा भइरहेको निर्माणकार्य तथा मौसमी बदलाव रहेका छन् ।

तर अरु कारणलाई सबैभन्दा बढी घातक हुने गरी फैलाउने कारकको रुपमा दीपावलीको आतिशवाजी रहेको पछिल्ला अध्ययनले देखाएका छन् ।

पटका तथा आतिशवाजीका कारण वायुमा घातक मानिएका पिएम १०, सल्फर डाइअक्साइड, नाइट्रोजन डाइअक्साइड, ओजोन, आइरन, म्यागजिन, बेरिलियम, निकेल सहितका तत्व बढाउने गरेका छन् ।

यो पनि पढ्नुहोस्

दिल्लीको प्रदुषणस्तर मापदण्डभन्दा २० गुणा बढी

दिल्लीको प्रदुषणस्तर मापदण्डभन्दा २० गुणा बढी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?