
भीम राई‘सर्वहारा’ –
हामी यसै क्रान्तिकारी
विचार र सिद्धान्तले लेस भएको
उच्च मनोवल पालेको
हामी महान कार्यकर्ता
हामीले पढ्नु पर्दैन
चम्किलो रातो तारा
पढ्नु पर्दैन
युवाहरुको गीत
म्याक्सिम गोर्कीको
आमाको के काम
फेसबुकको जमनामा
हामी यसै क्रान्तिकारी
राजनीतिक सिद्धान्त, विचार
दर्शनले दिक्षित
सिँगै मुलुक हाँक्न सक्ने
हामी महान कार्यकर्ता
हामीले पढ्नु पर्दैन
निकोलाई आस्त्रा भोस्कीको
अग्नी दिक्षा
पढ्नु पर्दैन,
जुलियस फ्युचिक र अनिल वार्वेका कृतिहर
पढ्नु पर्दै माओका रातो किताव
लेनिनको जीवनी,
माक्र्स र ऐंगेल्सका रचनाहरु
चे ग्वेभारा र फिडेल क्यास्ट्रोको जीवन
स्टालिन र माओको विचारहरु
हामी यसै क्रान्तिकारी
वैचारिक क्षमताले परिपक्व
समाज परिर्वतनको अग्रदस्ता
सर्वहारा र श्रमजीविहरुको पक्षधर
हामी महान कार्यकर्ता
हामीले पढ्नु पर्दैन
दर्शन शास्त्रको प्रारम्भिक ज्ञान
माओका संकलित रचना
कार्लमाक्र्सको पुँजी
हेगेल र अरस्तुहरु परका
विद्धानहरुको विचार
अहिले आधुनिक जमानामाका
यसै क्रान्तिकारी
हामी महान कार्यकर्ता
हामीले पढने विचारहरु
फेसबुकमा जति भेटिएकै छन्
ट्वीटर तिर लेखिएकै छन्
दर्शनको कुरा पढ्न
किताब किन्नु भन्दा
दैनिक पत्रिकाको भित्रि पृष्ठ
पढे काफी छ
त्यसैले
हामी यसै क्रान्तिकारी
हामी महान कार्यकर्ता
हामीले पढ्नु पर्दैन