दीपिका-रणवीरको विवाहमा पाहुनालाई मोबाइल निषेध किन?

दीपिका-रणवीरको विवाहमा पाहुनालाई मोबाइल निषेध किन?
+
-

बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह १४-१५ नोभेम्बरमा विवाह गरिरहेका छन् । विवाहका लागि उनीहरु इटाली पुगीसकेका छन् ।

उनीहरुको विवाहका लागि विशेष तयारी भइरहेको छ । दीपिकालाई विवाहका लागि तयार पार्न उनका विशेष हेयर स्टाइलिस्ट अमित ठाकुर र गबरैल जर्जियो पनि इटाली गइसकेका छन् ।

उनीहरुका साथै दीपिकाका म्यानेजर करिश्मा प्रकाश पनि विवाहको लोकेसनका लागि त्यहाँ प्रस्थान गरेका छन् ।

यो विवाहमा झण्डै ३० जना पाहुना सहभागी हुने खबर छ । तर उनीहरु कसैलाई पनि विवाहस्थलमा मोबाइल लैजान निषेध गरिएको छ । विवाहको तस्बिर लीक नहोस् भनेर यस्तो गरिएको हो ।

उनीहरुको विवाह इटालीको आलीशान विला डेल बालडियानेलोमा हुनेछ । समुन्द्र र इन्द्रधनुषको सुन्दर दृष्य रहेको यो ठाउँ आफ्नो बनावटका कारण सबैलाई आकर्षित गर्छ । यो होटलमा यसभन्दा पहिले पनि थुप्रै स्टारहरुको विवाह भइसकेको छ ।

आफ्नो भव्यता र सुन्दरताका कारण यो होटल निकै महंगो पनि छ । यो होटलमा एकदिनवापतको १५ लाख देखि ४० लाख नेपाली रुपैयाँ सम्म तिर्नुपर्छ ।

विवाह गरेर दीपिका र रणवीर भारत फर्कनेछन् । उनीहरुले भारतमा दुई ओटा पार्टीको आयोजना गर्नेछन् । पहिलो पार्टी बेंगलोरमा हुनेछ भने दोस्रो पार्टी मुम्बईमा आयोजना हुने खबर छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?