ज्यानै लिन सक्ने निमोनियाका लक्षण र जोगिने उपाय

ज्यानै लिन सक्ने निमोनियाका लक्षण र जोगिने उपाय
+
-

विश्व निमोनिया दिवस, हरेक वर्ष १२ नोभेम्बरमा मनाउने गरिएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा मनाईने यो दिवस नेपालमा पनि सोमाबार विविध कार्यक्रम गरी मनाईँदैछ ।

निमोनियाको बारेमा जनचेता फैलाउन सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो ।
यो वर्षको नारा ‘स्टप निमोनिया’ अर्थात निमोनियालाई रोकौँ भन्ने रहेको छ।

निमोनिया छातीमा हुने संक्रमण हो । पाँच वर्ष भन्दा कम उमेरका बालबालिकाहरुमा यसको जोखिम धेरै हुन्छ । यो उमेरका बालबालिकाको मृत्यु गराउने प्रमुख कारण पनि निमोनिया नै हो ।

निमोनियाको संक्रमण भएपछि स्वासप्रश्वासमा समस्या हुन्छ । किटाणुले फोक्सोमा आक्रमण गर्छन् र फोक्सोका कोषहरु सुन्निन्छन् र स्वास फेर्न गाह्रो हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक वर्षमा पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुन्छ भने नेपालमा पाँच हजार भन्दामाथि रहेका छन् ।

जाडो महिनामा बढी देखिने निमोनियाका लक्षणहरु यसप्रकार छन्–

खोकी लाग्नु, रुघा लाग्नु,

छिटो छिटो स्वास फेर्नु,

स्वास फेर्दा घ्यार घ्यार आवाज आउनु,

दूधे बालबालिकाले दूध चुस्न नसक्नु,

कोखा हान्ने समस्या हुनु ।

निमोनियाका यस्ता लक्षण देखिने बित्तिकै अस्पताल लैजानु जरुरी छ । समयमा नै उपचार भएन भने बालबालिको ज्यान जान सक्छ ।

निमोनियाको उपचार निमोनियाको अवस्था हेरेर गरिन्छ । कतिपय अवस्थामा सरल उपचार हुन्छ भने कतिपय अवस्थामा एन्टिवायोटिक औषधिको पनि प्रयोग गर्नुपर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?