मुलुकमा खपत हुने सिटामोल अब आफैँ उत्पादन गरिने

मुलुकमा खपत हुने सिटामोल अब आफैँ उत्पादन गरिने
+
-

काठमाडौँ – सरकारको पूर्ण स्वामीत्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ।

सिटामोलको माग अत्यधिक रहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो।

२ वर्षभित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी सो योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिएका हुन्।

लिमिटेड बोर्ड बैठकले अब छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना बनाएको छ। लिमिटेडले जीवन जल र सिटामोल उत्पादन गर्दै आएको छ।

अब छिट्टै सिटाप्लस उत्पादनको काम सुरु हुने महाप्रबन्धक सुवेदीले बताए। सिटाप्लस उत्पादनका लागि यो वर्ष २ वटा मेसिन थप्ने तयारी गरिएको छ।

बजेटको आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कुरा भइरहेको पनि लिमिटेडले जनाएको छ।

लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजनामा आइरन चक्की लगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ। त्यसका लागि लिमिटेड आफैँले अग्रसरता लिने तयारी गरिरहेको छ।

महाप्रबन्धक सुवेदीले पञ्चवर्षीय व्यापारिक योजना कार्यान्वयनका लागि प्राविधिक तथा आर्थिक स्रोत जुटाउन सम्बन्धित मन्त्रालयसँग विस्तृत छलफल गर्ने पनि बताए।

पञ्चवर्षीय योजना लागू गराउनका लागि लिमिटेडले संस्थागत क्षमता अभिवृद्धिको कामलाई जोड दिइएको पनि स्पष्ट पारेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?