अन्तर्वार्ता

महान् फिल्डर जोन्टी भन्छन्-क्रिकेटप्रति नेपालीको ‘प्यासन’ छ, ‘फ्यासिलिटी’ छैन

+
-

काठमाडौँ – सर्वकालीन महान् फिल्डर जोन्टी रोड्स यतिबेला नेपालमा छन्। नेपाल क्रिकेट स्कुल र स्पोर्ट्स एडले आयोजना गर्न लागेको १० दिने ‘हाइ पफर्मेन्स क्याम्प’का लागि यी दक्षिण अफ्रिकी पूर्व क्रिकेटर केही दिन अघि नेपाल आएका हुन्।

रोड्सको यो पहिलो नेपाल यात्रा हो। उनको नेपाल भ्रमण तथा नेपाली क्रिकेटको विगत, वर्तमान र भविस्यबारे देश सञ्चारले रोड्ससँग कुराकानी गरेको छ।

१. कहिले नेपाल आउने कल्पना गर्नु भएको थियो ?

जुन दिन नेपालले यू-१९ विश्वकप क्रिकेट(२००४) मा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो, त्यतिबेला म अचम्मित परेको थिएँ। वास्तवमै भन्नुपर्दा त्यस दिन  नेपाली क्रिकेटबारे मेरो आँखा खुलेको थियो।

दक्षिण अफ्रिकाको क्रिकेट संरचना कति बलियो छ भन्नेबारे मलाई राम्रोसँग थाहा थियो। त्यहाँको स्कुल क्रिकेट, एकेडेमी क्रिकेट निकै बलियो छ। त्यस्तो देशलाई हराउने टोली कहाँबाट आयो भन्ने भयो।

मैले एक कदम पछाडि सरेर सोचेँ।  मलाई लाग्यो- नेपाली क्रिकेटमा रियल ट्यालेन्ट र अवसर छ। त्यतिबेला नै मैले आशा गरेको थिएँ- कुनै दिन नेपाल जाने अवसर मिल्ने छ।

२. तर नेपाल यू-१९ स्तरमा मात्र लामो समय ‘नोटिस’ भयो नि ?

सायद नेपालको समस्या नै यही हो।  यू-१९ स्तरमा बलियो देखिने र त्यसले सिनियरस्तरमा निरन्तरता नपाउने। हरेक ४ वर्ष वा ६/८ वर्षमा एउटा बलियो टोलीलाई हराएर बलियो देखिनुलाई हामीले उदेश्य मान्नु हुँदैन।

नेपालको आवश्यकता भनेको यहाँको क्रिकेट संरचना बलियो बनाउनु पर्छ। जब क्रिकेट संरचना बलियो हुन्छ, त्यस देशको क्रिकेट बलियो हुन्छ। अनि खेलाडी र टिमको प्रदर्शनमा स्थिरता र निरन्तरता देखिन्छ।

तर वर्षमा एउटा छनोट प्रतियोगिता गर्ने अनि त्यहीँबाट खेलाडी निकालेर राष्ट्रिय टोली तयार गर्ने हो भने हामीले क्रिकेट विकाशको आश गर्नु बेकार हुन्छ। मुख्य कुरा खेलाडीले आफुलाई सुधार गर्ने  र माथिल्लोस्तरमा पुर्‍याउने संरचना हुनुपर्छ।

खेलाडीको स्किल र स्थिर प्रदर्शन भनेको निरन्तरको अभ्यासबाट तयार हुने हो। त्यसको लागि हामीले खेलाडीलाई संरचना दिनैपर्छ।  स्कुल क्रिकेट, क्लब क्रिकेट र एकेडेमी भनेका क्रिकेट विकाशका मेरुदन्ड हुन्। फ्युचर स्टारहरु जन्मने यहाँबाटै हो।

नेपालमा क्रिकेटप्रति प्यासन छ तर फ्यासिलिटी छैन। अब सबै स्टेक होल्डरहरु एकै ठाउँमा आएर क्रिकेट विकाशबारे सोच्नैपर्छ किनभने नेपाली क्रिकेटको भविष्य छ।

३. तपाईको यस भ्रमणबाट नेपाली क्रिकेटले के आशा गर्न सक्छ ?

म कुनै विशेषज्ञ बनेर आएको छैन। म आफ्नो खेल अनुभव सेयर गर्ने छु। मेरो यो १० दिनको प्रशिक्षणले नेपाली क्रिकेटलाई लामो समयका लागि फाइदा पुर्‍याउन सकोस् भन्ने मेरो आशा हो।

मेरो मुख्य प्रयाश नै यो छोटो अवधीलाई कसरी प्रभावकारी बनाउने भन्ने हो। त्यसैले केही नेपाली प्रशिक्षकलाई समेत प्रशिक्षण दिने योजना बनाएका छौँ ताकी उनिहरुले आगामी दिनमा मैले सिकाएको सिपलाई निरन्तररुपमा खेलाडीहरुमा पुर्‍याउन सकुन्।

४. नेपालले पछिल्ला केही वर्षको विचमा टीट्वेन्टी विश्वकप खेलेको छ, एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पनि पाएको छ। नेपाली क्रिकेटको आगामी चुनौतीलाई कसरी हेर्नुहुन्छ ?

मैले अघि पनि भनेँ की पहिलो कुरा त क्रिकेट संरचना बलियो हुनुपर्‍यो। दोस्रो कुरा पछिल्लो समय टीट्वेन्टी क्रिकेटको क्रेज बढेको छ, यसको आफ्नै महत्वपनि होला। तर नेपालजस्तो देशले एकदिवशीय प्रतियोगितामै बढी केन्द्रित हुनुपर्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?