
छठ पर्वको अन्तिम दिन बुधबार उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।
आइतबारदेखि सुरु भएको छठ पर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । विशेषगरी तराई क्षेत्रमा मनाईने छटको रौनक पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यकासहित देशभर बढ्दै गएको छ ।
काठमाडौँको कमलपोखरीसहितका क्षेत्रमा छट मनाउनेहरुको घुईँचो थियो । बुधबार बिहानै कमलपोखरी पुगेर देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले उदाउँदो सूर्यका आराधनालाई तस्बिरमा समेटेका छन्।