रणवीर सिंह र दीपिका पादुकोणको विवाहपछि अहिले दुवैजनालाई बधाई दिने क्रम चलिरहेको छ । उनीहरुको 14-15 नोभेम्बरमा विवाह भएको छ । अब दीपिका भवनानी परिवारको एक हिस्सा भएकी छन् ।
विवाहपछि दीपिकालाई उनका ससुरा अर्थात रणवीर सिंहका बुवा जगजीत सिंह भवनानीले केही स्पेशल भनेका छन् । रणवीर सिंह की स्टाइलिस्ट निताशा गौरवले सामाजिक सञ्जालमा यसको खुलासा गरेकी छन् ।
उनले लेखेकी छन् ‘सीनियर भवनानीले आज भन्नुभयो ‘ये दीवानी तो भवनानी हो गई’।’

रणवीरका बुवाको यो डायलग चलचित्र ‘बाजीराव मस्तानी’ को गीत ‘ये दीवानी मस्तानी हो गई’ सँग मिल्छ ।

भर्खरै
लोकप्रिय






































































































































































































