रणवीर सिंह र दीपिका पादुकोण श्रीमान् -श्रीमती बनिसकेका छन् । उनीहरुले इटलीमा विवाह गरे । दुवैजनाको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ भने बधाईको ओइरो लागेको छ ।

विवाहपछि अब दुवैजना मुम्बई फर्कनेछन् । त्यहाँ रणवीर-दीपिकाको घर दुलहीझैँ श्रृंगारिएको छ । सामाजिक सञ्जालमा घरको तस्बिर पनि भाइरल बनिरहेको छ ।

दीपिका पादुकोणको घरलाई पूर्णरुपमा लाइटले सजाईएको छ भने रणवीर सिंहको घरपनि नयाँ दुलहीलाई स्वागतका लागि पूर्ण रुपमा तयार पारिएको छ । त्यहाँ कलरफुल लाइट लगाइएको छ ।


भर्खरै
लोकप्रिय






































































































































































































