संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरममा छानिने खनाल पहिलो नेपाली

संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरममा छानिने खनाल पहिलो नेपाली
+
-

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम ‘आइजीएफ’ को मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा नियुक्त भएका छन्।

आइजिएफको मल्टिस्टेकहोल्डर एडभाइजरी ग्रुप ‘म्याग’ले निकालेको सदस्यहरुको लिस्टमा खनाल नियुक्त हुने पहिलो नेपाली हुन्। खनाललाई संयुक्त राष्ट्र संघले सन् २०१९ को एक कार्यकालको लागि सयुक्त राष्ट्रसंघका महासचिवले सदस्य नियुक्त गरेका हुन्।

आइजिएफ संयुक्त राष्ट्र संघ अन्तर्गत सूचना प्रविधि सम्बन्धी एक महत्‍वपूर्ण निकाय हो। आइजिएफले इन्टरनेट प्राविधिक, व्यवसायीक, सामाजिक प्रशासनिक विकासको सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी इन्टरनेट विकास र प्रवर्द्धनका तथा साइवर सेक्युरिटी लगायतमा काम गर्दै आएको छ।

विश्वभरबाट भौगोलिक र क्षेत्रगत प्रतिनिधित्वको आधारमा म्यागको सदस्य नियुक्त हुने प्रावधान रहेको छ।म्यागले साइबर तथा इन्टरेनट स्पेशका विषयहरुका सरकारी र गैरसरकारी सरोकारवाला निकायसँग बहस गरी नीति निर्माणमा योगदान समेत गर्नेछ।

यसअघि खनाल विश्व दूरसञ्चार संघको स्टडी ग्रूपको उपाध्यक्षमा दुई कार्यकाल निर्वाचित भएर बिताइसकेका छन्। उनलाई सन् २०१४ मा दुबईमा सम्पन्न महासभाले २०१४ देखि २०१७ सम्मका लागि सोही पदमा निर्वाचित गरेको थियो।

संघका एशिया प्रशान्त क्षेत्रका ३८ मुलुकका विज्ञहरु मध्येबाट नेपाल र कोरियाले मात्रै प्रतिनिनिधित्व गर्ने अवसर पाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?