सभामुखलाई आमनागरिकको प्रश्न

सभामुख ज्यू, संसद भत्ता ऐन एकैदिनमा, चिकित्सा ऐन ल्याउन वर्षौं किन?

सभामुख ज्यू, संसद भत्ता ऐन एकैदिनमा, चिकित्सा ऐन ल्याउन वर्षौं किन?
+
-

काठमाडौँ – चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्न माग राखेर शनिबार दिनभरि नै संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई एसएमएस गरिएको छ।

‘संसद भत्ता ऐन एकैदिनमा, चिकित्सा ऐन वर्षौ दिनमा!’ लेखेर चिकित्सा शिक्षा अभियन्ताहरुले सभामुख महरालाई एसएमएस गरेका हुन्। अभियानलाई आमनागरिकले पनि आ–आफ्नो ठाउँबाट सहयोग गरेका छन्।

चिकित्सा शिक्षा अभियन्ता प्रितम सुबेदीका अनुसार शुक्रबार रातिदेखि नै सभामुख महरालाई एसएमएस गर्न थालिएको हो।

‘हामीले सभामुख ज्यूलाई एसएमएस गर्नका लागि सामाजिक सञ्जालमार्फत आमनागरिकलाई सार्वजनिक रुपमा आह्वान गरेका छौँ,’ सुवेदीले देश सञ्चारसँग भने, ‘हाम्रो उद्देश्य तत्काल चिकित्सा शिक्षा ऐन पारित गर्न सम्बन्धित सरोकारवालाहरुलाई दबाब दिनु हो।’

सभामुख महरालाई ‘माननीय ज्यू नमस्कार, हिउँदे अधिवेशन कहिले सुरु हुन्छ? चिकित्सा शिक्षा विधेयक संसदबाट कहिले पारित हुन्छ’ भनी एसएमएसमार्फत प्रश्न गरिएको छ।

क–कसलाई पठाइयो एसएमएस?

तिहारलगतै सुरु भएको अभियान अन्तरगत सम्बन्धित संसदीय समितिका सभापति तथा सदस्यहरुलाई एसएमएस पठाइएको छ।

‘सत्याग्रही डा. गोविन्द केसीसँग भएको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्ने सम्बन्धमा तपाईको सक्रिय योगदानको अपेक्षा गर्दछौँ भनेर एसएमएस गरिएको छ,’ सुबेदीले भने।

संसदको शिक्षा तथा स्वास्थ्य समिति र चिकित्सा शिक्षा विधेयक उपसमितिका सदस्यहरुलाई एसएमएस गरिएको छ।

सांसदहरु अञ्जना विशंखे, खगराज अधिकारी, गगनकुमार थापा, भैरवबहादुर सिंह, योगेश भट्टराई, सन्तकुमार थारु, हितबहादुर तामाङ, उमाकान्त चौधरी, चित्रलेखा यादव र एकवाल मियाँलाई एसएमएस गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?