युइएफए नेशन्स लिग

रेलिगेशनमा पर्‍यो विश्वकप फाइनलिस्ट क्रोएसिया, इंग्ल्याण्ड पुग्यो अन्तिम चारमा

रेलिगेशनमा पर्‍यो विश्वकप फाइनलिस्ट क्रोएसिया, इंग्ल्याण्ड पुग्यो अन्तिम चारमा
+
-

रुसमा भएको विश्वकप फुटबलमा फाइनल खेलेको क्रोएसियामाथि जित निकाल्दै इंग्ल्याण्ड युइएफए नेशन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको नयाँ प्रतिस्पर्धा युइएफए नेशन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा समूह ए फोरमा रहेको इंग्ल्याण्डले क्रोएसियामाथि २–१ को जित दर्ता गरेको हो ।

इंग्ल्याण्डको जितमा जेसी लिङ्गार्ड र ह्यारी केनले गोल गरे । क्रोएसियाका लागि आन्द्रेज क्र्यामारिकले गोल गरे ।

खेलमा अग्रता क्रोएसियाले लिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५७ औँ मिनेटमा क्र्यामारिकको गोलबाट विश्वकपमा फ्रान्ससँग फाइनल खेलेको क्रोएसियाले अग्रता लियो ।

तर ग्यारेथ साउथगेटको टिम इंग्ल्याण्डले शानदार पुनरागमन गर्दै जित निकालेको हो । उसका लागि ७८ औँ मिनेटमा लिङ्गार्ड तथा ८५ औँ मिनेटमा केनले गोल गरे ।

यो जितले इंग्ल्याण्ड पोर्चुगलमा हुने सेमिफाइनलका लागि छनौट भयो भने विश्वकपमा फाइनल खेलेको क्रोएसिया रेलिगेशनमा पर्‍यो । उसले अब नेशन्स लिग अन्तर्गत दोस्रो डिभिजनमा खेल्नु पर्ने भएको छ ।

इंग्ल्याण्ड चार खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा रह्यो । ६ अंक जोडेको स्पेन दोस्रो स्थानमा रह्यो र रेलिगेशनबाट जोगियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?