रणवीर सिंह र दीपिका पादुकोणको विवाह समारोह सकिएपछि उनीहरु इटलीबाट आइतबार भारत फर्केका छन् ।
यो विवाहमा उनीहरुले ३० जना विशेष पाहुनालाई आमन्त्रण गरेका थिए । विवाह सकेर भारत फर्केका दीपवीरले पाहुनालाई विशेष उपहार दिएर विदा गरेका थिए ।

प्राप्त खबरका अनुसार दीपवीरले विवाहमा आएका पाहुनाहरुलाई एक फोटो फ्रेम दिनुका साथै धन्यवाद नोट गिफ्ट गरेका छन् ।
दीपिका र रणवीरको विवाहलाई भारतमा यो वर्षको सबैभन्दा ठूलो विवाहको दर्जा मिलिरहेको छ ।
विवाहपछि उनीहरुका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् भने बधाई दिने क्रम अझै चलिरहेको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































