विश्व एण्टिबायोटिक्स सचेतना सप्ताह

जथाभावी एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यमन्त्रीको चेतावनी

जथाभावी एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यमन्त्रीको चेतावनी
+
-

काठमाडौँ – सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ।

विश्व एण्टिबायोटिक्स सचेतना सप्ताहको सन्दर्भमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एण्टिवायोटिक औषधि प्रयोग नगर्न सचेत गराएका हुन्।

यादवले आगामी दिनमा यससम्बन्धी सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनाका साथअघि बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गरेका छन्।

विज्ञको परामर्शबिना नै एण्टिबायोटिक औषधि सेवनको गति दैनिक बढ्दै गएको अवस्थामा सरकार एक्लैको प्रयास प्रभावकारी हुन नसक्ने भएकाले सबै वर्ग र तहबाट ऐक्यवद्धता आवश्यक रहेको बताएका छन्।

यस वर्षको विश्व एण्टिबायोटिक्स सचेतना सप्ताहको नारा ‘एण्टिबायोटिक्स प्रयोग गर्नुअघि सोचौँ, चिकित्सक (स्वास्थ्यकर्मी) को सल्लाहमा मात्र एण्टिबायोटिक्सको प्रयोग गरौँ, यसको दुरुपयोगले हामी सबैलाई जोखिममा पार्छ’ रहेको छ।

वैज्ञानिक एलेक्जेण्डर फ्लेमिङले सन् १९२८ मा एक प्रकारको ढुसीबाट पेनिसिलिन नाम गरेको एण्टिबायोटिक्स औषधि पत्ता लगाएका थिए।

तर, १९४० को दशकको सुरुवातबाट मात्रै पेनिसिलिन व्यावसायिक रुपमा बजारमा आएको थियो। तर पछिल्लो दुई दशकदेखि एण्टिबायोटिक्स औषधिहरु कम प्रभावकारी हुँदै गइरहेको अध्ययनहरुले देखाएका छन्। साथै विज्ञको सल्लाह बिना औषधि सेवन गर्ने क्रम पनि बढ्दै गएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?