साराले ‘डेट गर्न चाहन्छु’ भनेपछि लजाए कार्तिक

साराले ‘डेट गर्न चाहन्छु’ भनेपछि लजाए कार्तिक
+
-

करण जौहरको शो ‘कफी विद करण’मा सारा अली खान आफ्ना बुवा सैफ अली खानसँग सहभागी भइन् । त्यहाँ दुवैजनाले निकै रमाइलो कुराकानीसँगै आफ्नो जीवनसँग जोडिएका व्यक्तिगत कुराहरुमाथि पनि खुलासा गरे ।

करणले जब सारालाई सोधे कि उनले बलिउडमा कोसँग डेट गर्न चाहन्छिन अनि को सँग विवाह ? यसको जवाफमा साराले कार्तिक आर्यनसँग डेट गर्न चाहेको र रणबीर कपूरसँग विवाह गर्न चाहेको बताइन् ।

साराले आफूसँग डेट गर्न चाहेको कुरा सुनेपछि कार्तिक आर्यनले यसमा आफ्नो रिएक्शन दिएका छन् ।

‘लक्स गोल्डन रोज अवार्डस २०१८’ मा कार्तिक आर्यन, सारासँग डेट गर्ने कुरा सुनेपछि लजाएका थिए ।

‘मलाई थाहा छैन म कस्तो छु र यति भन्न सक्छु कि उनी धेरै सुन्दर छिन् म उनको चलचित्रको प्रतिक्षा गरिरहेको छु,’ उनले अगाडि भने, ‘हो म उनीसँग कफी पिउन चाहन्छु।’

कार्तिक आर्यन

यति मात्रै होइन एक रेडियो अन्तर्वार्तामा साराले प्रस्तोतासँग ‘कार्तिकलाई धेरै माया दिन चाहेको’ बताएकी थिइन् । जवाफमा प्रस्तोताले म तपाईको एक तस्बिर कार्तिकलाई पठाउँछु भन्दा साराले तस्बिर होइन तपाई कार्तिकलाई मेरो एड्रेस पठाइदिनुस् भनेकी थिइन् ।

सारा छिट्टै चलचित्र केदारनाथमार्फत बलिउडमा डेब्यू गरिरहेकी छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’