अमिताभ बच्चनले चुक्ता गरे किसानको चार करोड ऋण

अमिताभ बच्चनले चुक्ता गरे किसानको चार करोड ऋण
+
-

बलिउड अभिनेता अमिताभ बच्चनले किसानहरुको करौडौँ रकम बराबरको ऋण चुक्ता गरेका छन् । उनले किसानहरुको चार करोड रुपैयाँ भन्दा बढी ऋण चुक्ता गरेका हुन् ।

मंगलबार अमिताभले आफ्नो ब्लगमा उक्त जानकारी दिएका हुन् । उनले किसानहरुको ऋण चुक्ता गरेर आफूले उनीहरुको जिम्मेबारी उठाएको बताएका छन् ।

उनले यो पनि भनेका छन् कि ‘यस्तो गरेर मलाई एउटा काम पूरा भएको महसुस भइरहेको छ ।’

यी सबै किसानहरु भारतको उत्तर प्रदेशका हुन् । अमिताभ बच्चन पनि उत्तर प्रदेशका हुन् । भारतमा किसानहरुको एक ठूलो तप्का ऋणको समस्यामा छ ।

किसानका लागि ट्रेन


अमिताभ बच्चनले एक सरकारी बैंकबाट किसानहरुले लिएको ऋण चुक्ता गरेका हुन् । उनको ब्लगका अनुसार यो रकम बैंक अफ इण्डियासँग सम्झौता गरेर एकमुष्ट रुपमा चुक्ता गरिएको छ ।

बैंकले अब कुनै बक्यौता बाँकी नरहेको प्रमाणपत्र जारी गर्नेछ । ७६ वर्षीय अभिनेताले लेखेका छन् ‘म चाहन्छु कि यो प्रमाणपत्र ती किसानहरुलाई भेटेर दिन पाउँ ।’

तर सबै किसानहरुलाई मुम्बई आउन चुनौती थियो, यसकारण अमिताभ बच्चनले आफै किसानहरुका लागि ट्रेनको एक डिब्बा रिजर्व गरेका छन् ।

यी किसानहरु २६ नोभेम्बरमा अमिताभसँग आफ्नो बैंक डक्यूमेन्ट लिन मम्बई पुग्नेछन् । यसैवर्ष अमिताभले महाराष्ट्रका ३५० किसानहरुको ऋण पनि चुक्ता गरेका थिए ।

सन् २००७ मा अमिताभ जमिनको एक सम्झौताका कारण विवादमा आएका थिए । यो घटनामा अदालतले भनेको थियो कि अमिताभले ९० हजार वर्ग फुट जमिन अवैध ढंगले आर्जित गरेका छन् ।

अमिताभले छल गरेको आरोपको सामना खेप्नुपरेको थियो । तर अमिताभले त्यो जमिनको दाबी छोडेका थिए जसका कारण उनीमाथि लागेको आरोप फिर्ता लिइएको थियो ।
स्रोत : बिबिसी हिन्दी

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’