प्रियंका चोपडा र निक जोनसको विवाहको खबरको चर्चा चुलिएको छ । विवाहका लागि बेहुला निक जोनस भारत आइसकेका छन् । उनीहरुको डिसेम्बर २ मा विवाह हुने खबर भारतीय मिडियाले उल्लेख गरेका छन् ।
उनीहरुको विवाह जोधपुरको उम्मेद भवनमा हुने तय भइसकेको छ । प्रियंका र निकले हिन्दु र क्रिश्चियन परम्परा अनुसार दुई पटक विवाह गर्नेछन् ।

विवाहपछि उनीहरुले भारतमा दुईवटा रिसेप्शन पार्टीको आयोजना गर्नेछन् । पहिलो रिसेप्शन फिल्म इण्डस्ट्रीका पाहुनाका लागि मुम्बईमा हुने छ भने दोस्रो रिसेप्शन दिल्लीमा हुनेछ ।
भारतको मुम्बई टाइम्स पत्रिकाले प्रियंका र निकको विवाह शेड्यूलको खुलासा गरेको छ ।

जस अनुसार २९ नोभेम्बरमा मेहन्दी र संगीत सेरेमनी हुनेछ । त्यस्तै ३० नोभेम्बरमा ककटेल पार्टी, १ डिसेम्बरमा हल्दी सेरेमनी र २ डिसेम्बरमा निक९प्रियंकाको विवाह हुनेछ ।
विवाहमा सलमान खान, रणवीर कपूर, आलिया भट्ट, कैट्रीना कैफ, फरहान अख्तर, सिद्धार्थ राय कपूर लगायतका कलाकाहरु सहभागी हुने खबर छ ।

भर्खरै
लोकप्रिय






































































































































































































