
विज्ञान प्रविधिमा निक्कै अब्बल मानिएको देश जापानमा बर्षौदेखि युद्धको लागि तेज धारिलो भएको तरवार बनाउने गरिन्छ। यसलाई धेरै तताएर बनाएको सक्कली फलामबाट बनाइएको हुन्छ।
यसको सहयोगले मोटो भन्दा मोटो काठहरुलाई सजिलै उक्त तरबारको मद्दतले काट्न सकिन्छ। यसलाई जापानी भाषामा ‘कटाना’ भनिन्छ। हो, यही तरबार बनाउने तीन जना इन्जिनयर, एउटा चर्चित जापानी तरवार बनाउने मानिस मिलेर एउटा यस्तो मेसीन बनाउन लागि परेका छन्, जसको माध्यमबाट अन्तरिक्षमा रहेका उल्कापिण्डबाट चट्टानका टुक्राको नमुना काटेर ल्याउनमा मद्दत गर्नेछ।
जापानका अन्तरिक्ष मेसीन ह्याबुसाको माध्यमबाट अन्तरिक्ष यान रियूगू नामक उल्कापीण्ड पत्ता लगाउन पठाइएको छ। उक्त उल्कापीण्डको वरिपरी घुम्ने यानदेखि लिएर त्यहाँ टेक्ने कक्षसम्म तयार पारियो। तर कुनै पनि मेसिन उक्त उल्कापीण्डबाट चट्टान काटेर ल्याउन सकेन। प्रत्येक पटक मेसिनले चट्टान असफल नै रह्यो।
यसबारेमा एउटा लेखमार्फत जापानी कनागावा इन्स्ट्च्यूट अफ टेक्नोलोजीका ताएको वातानाबे तथा ७० वर्षीय जेनरोकुरो मत्सुनागाले मिलेर उक्त मेसीनको बारेमा विस्तृतमा लेखेका छन्।
तामाहागानेबाट बन्नेछ अन्तरिक्षमा पठाउने मेसीन
मत्सुनागा समुराइ तरवार बनाउने हस्ती हुन। उनले नयाँ तरिकाबाट र शैलीबाट यस्तो काट्ने मेसीन बनाए जसमा तामाहागानेको प्रयोग गरिएको छ।
तामाहागाने यस्तो प्रकारको फलाम र कार्बनबाट बनाइएको हुन्छ, यहीबाट प्रसिद्ध जापानी तरवारहरु बनाइएको हुन्छ र ती तरवारहरु धारिलो र चमकदार हुन्छन्। उनीहरु दुवै जनाले उक्त लेखमा लेखेका छन्, ‘अब हामीले जापानी तरवारको फाइदा उठाउनका लागि हामीले अन्तरिक्षमा पठाउने उक्त मेसीनलाई पनि यही तामाहागानेबाट बनाएका छौँ।’
मत्सुनागाले जापानी समुन्द्री तटमा पाइने फलामको कणलाई संकलन गरे। त्यसलाई फेरि गालेर पगाल्ने तताए र तामाहागाने बनाए। उक्त प्रक्रियामा फलामका कणलाई तेज आगोमा पगाल्ने र पुन: चिसो बनाउने काम गरे। बारम्बार यस्तो प्रक्रियाबाट फलाम एकदमै बलियो हुन्छ।जसले धेरै कठोरभन्दा कठोर चीजलाई काट्न सकिन्छ।
उनले यही फलामबाट गोलाकार यन्त्र तयार गरे जसको धार पुरै ब्लेड जस्तो तिखो हुन्छ। खासमा जापानका अन्तरिक्ष वैज्ञानिक उक्त यन्त्रलाई अन्तरिक्ष यानबाट रियूगू उल्कापीण्डमा पठाउने तयारी गरिरहेका छन्। जसरी आइसक्रिम निकाल्ने स्कूप हुन्छ, ठीक त्यही प्रकार यो यन्त्रले उल्कापीण्डबाट माटो र चट्टान निकालेर पृथ्वीमा ल्याउने योजना बनाएको छ।
अन्तरिक्षबाट नमूना संकलन गर्न कनि मुश्किल ?
सन् २००५ मा ह्याबुसाको एउटा मेसीनको मद्दतले जापानी वैज्ञानिकलाई त्यतिबेला उल्कापीण्डबाट चट्टानको टुक्रा ल्याउन धेरै नै कठिन थियो। रियूगूबाट
चट्टानको नमूना ल्याउने प्रयास दुई पटक नै असफल भयो। जुन मेसीन पठाइएको थियो, त्यसले केही धुलोको कण मात्रै पृथ्वीमा ल्याउन सक्यो।
यति छोटो नमुनाले सही के हो वैज्ञानिकहरुलाई छुट्ट्याउन निक्कै गाह्रो भयो। तर उनीहरु हार मानेन्। फेरी अर्को पटको प्रयासमा उल्कापीण्डबाट चट्टानको नमुना ल्याउने तयारी गरिएको छ। तर अहिले बनाइएको यो तरबारले भने उल्कापीण्डबाट चट्टान काट्न धेरै सजिलो हुने वैज्ञानिकहरुले आशा लिएका छन्।
खासमा उल्कापीण्डको सतह लाखौ वर्षदेखि ब्रमाण्डको किरण झेलिसकेका हुन्छन्। त्यसमा रेडियोउक्टिभ किरणदेखि सूर्यको एक्सरेसम्म समावेश भएको हुन्छ।
हाभर्ड-स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका मार्टिन एल्भिस भन्छन्, ‘ उल्कापीण्डको नमुनाले हामीलाई सौर्यमण्डको इतिहासको बारेमा सम्पूर्ण रुपमा जानकारी दिन सक्छ। यसको लागि हामीले उसको शीरबाट केही चट्टान ल्याउनु पर्ने हुन्छ। अनि मात्र त्यसकफ गुह्य रहस्यलाई पत्ता लगाउन सकिन्छ।’
तर कठिन यो छ की उल्कापीण्ड हल्का हुन्छन्। यसमा गुरुत्वाकर्षण हुँदैन। यसमाथि धेरै कसेर कुनै चीजबाट चोट पुर्याएमा यो उछ्ट्टिजान्छ। यसबारे मार्टिन एल्भिस भन्छन्, ‘ कुनै पनि यस्तो चीज जुन कम तागतको होस। त्यसलाई प्रयोग गरेर उल्कापीण्डको भित्रबाट नमुना ल्याऔं। राम्रो हुन्छ। तामाहागाने स्टील यो काममा धेरै उत्तम हुन सक्छ।’
के यो कोसिस सफह हुन्छ त ?
हामी प्राय यो सोच्छौ की उल्कापीण्ड, अन्तरीक्षमा तैरिदै गरेको ठुलो ठूलो हुन्छ। तर यो प्राय रबरको एउटा ठूलो फूल जस्तो हुन्छ। यिनीहरु धेरै नै अस्थिर हुन्छन्। यसलाई बिना गुरुत्वाकर्षण भएको ठाउँमा काट्न धेरै ठूलो चुनौती हुन्छ। मानिस निक्कै कम पटक उल्कापीण्डको नजिक पग्न सक्छ। यस्तो स्थितिमा नमुना ल्याउन पनि निक्कै अप्ठेरो छ।
स्वतन्त्र रुपमा काम गर्ने एक भौतिकशास्त्री वा विद् मीका म्याकिनोन भन्छन्, ‘ हुन सक्छ की उल्कापीण्डको चट्टानमा बरफ पनि भेटिन्छ। साथै काट्ने समयमा आगो पनि लाग्न सक्छ। किनकी चट्टानको भित्र ग्यास पनि हुन सक्छ। यस्तो भयो भने त स्थिति झन खतरनाक हुनेछ। हामी उल्काको चट्टान ल्याउन फेरि पनि असफल रहनेछौ।’
अहिलेसम्म जापानी वैज्ञानिकको टीमले तामाहागाने स्टीलबाट बनाएको यन्त्रलाई ठूलो पाइपभित्र खसाएर नमुना ल्यानको लागि परीक्षण गरिरहेको बताएका छन्।
यसको नतिजा पनि करीब करीब मिलिरहेको उनको भनाई छ। त्यसो भए के यस्तो धातुबाट अन्तरीक्ष मेसीनलाई सफल बनाउन सकिन्छ त भन्ने प्रश्नमा मीका म्याकिनोन भन्छन्, ‘ खासै भरोसा त लाग्दैन मलाई तर जापानमा बनाइएको उक्त तरवारसँग मानिसको भावनात्मक सम्बन्ध जोडिएको छ।यसले सामूहिकताले पक्कै पनि नतिजा सफल होस्। ‘ यदि उक्त तामाहागानेले उल्कापीण्डको नमुना संकलन गर्न सफल भएमा आउने जापनी पुस्तालाई नयाँ इतिहास सिकाउने उनको भनाई छ।