मुटु स्वास्थ्य

मुटुको चाल असामान्य रुपमा तीव्र हुने ‘टाकिकार्डिया’को कारण, लक्षण र उपचार

मुटुको चाल असामान्य रुपमा तीव्र हुने ‘टाकिकार्डिया’को कारण, लक्षण र उपचार
+
-

टाकिकार्डिया त्यो अवस्था हो जसमा व्यक्तिको मुटुको चाल एक मिनेटमा १०० पटक भन्दा बढी हुन्छ ।

कठिन खालको व्यायाम, ज्वरो, डर, तनाव, चिन्ता, केही स्वास्थ्य अवस्था, एनिमिया, अति सक्रिय थाइराइड, हृदयघात र मुटुको फेलियरका कारण यस्तो हुन सक्छ ।

यसका प्रमुखका कारणहरु,


मुटु सम्बन्धी रोगका कारण हार्ट ट्स्यु ड्यामेज हुनु

मुटु सम्बन्धी रोग वा केही फरक अवस्था

एनिमिया

कठिन शारीरिक व्यायाम

अपरझट आइपर्ने तनाव

रक्तचार उच्च वा कम

धुम्रपान

ज्वरो

रक्सी अत्याधिक पिउनु

क्याफिनयुक्त पेयपदार्थ धेरै प्रयोग गर्नु

औषधिको प्रभाव

कोकिनसहितका लागु औषधको प्रयोग

सक्रिय थाइराइड

टाकिकार्डिया लक्षणहरु,


रिंगटा लाग्नु वा चक्कर आउनु

टाउनको दुख्नु र घुमाउनु

छिटो–छिटो सास फेर्ने तथा सास नपुगेको जस्तो हुनु

छाती दुख्नु

मुटुको चाल सामान्य भन्दा बढी हुने

यीसहित अवस्था गम्भीर भएमा व्यक्ति अचेत हुने र हृदयघात हुन सक्ने सम्भावना रहन्छ ।

परीक्षण,


इलेक्ट्रोकार्डियोग्राम (इसिजी वा इकेजी): यसले व्यक्तिको मुटुको इलेक्ट्रिक गतिविधि रेकर्ड गर्छ । यसबाट थप उपचारका लागि सहयोग मिल्छ ।

एक्सरसाइज स्ट्रेस टेस्टः डाक्टरले बिरामीलाई ड्रेडमिलमा हिँड्न लगाएर मुटुको गतिविधि निरीक्षण गर्छन् ।

उपचार,


परीक्षणको रिपोर्ट हेरेपछि मात्रै डाक्टरले कुन बिरामीलाई कस्तो उपचार गर्ने भन्ने निर्णय लिन्छन् ।

टाकिकार्डियाको प्रकार अनुसार उपचार निर्धारण गरिन्छ । तर यस्ता बिरामीले क्याफिनयुक्त पदार्थको प्रयोग कम गर्ने, रक्सी नपिउने, पर्याप्त सुत्ने र धुम्रपान नगर्ने बानी गर्नु पर्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?