जब शाहरुख खानलाई मानिसहरुले भने, ‘तिमी हिरो बन्न सक्दैनौ’

जब शाहरुख खानलाई मानिसहरुले भने, ‘तिमी हिरो बन्न सक्दैनौ’
+
-

छिट्टै रिलिज हुने तयारीमा छ शाहरुख खानको चलचित्र ‘जीरो’ । शाहरुख खानले आफ्ना लागि ‘जीरो’ को अर्थ त्यो समय रहेको बताए, जुन बेला अभिनयको क्षेत्रमा उनलाई जीरो जस्तै मानिएको थियो ।

शाहरुखको चलचित्र जीरो मा उनीसँग अनुष्का शर्मा र कटरिना केफ पनि छन् ।

शाहरुखले भने, ‘मानिसहरुले मलाई तिम्रो नाक राम्रो छैन, तिम्रो उचाई राम्रो छैन, बोल्दा भकभक गछौँ त्यसैले तिमी हिरो बन्न सक्दैनौँ भने । तर मलाई अभिनय गर्नु थियो । यो मेरो चाहना थियो जसलाई मैले मार्न सक्दिँन थे । मेरो यो चाहना पूरा गर्नका लागि म जे पनि गर्न सक्छु भन्ने ठान्थे । मलाई लाग्छ कि आजभोलि हामी अनावश्यक कुरामा पनि धेरै जजमेन्ट गर्न खोज्छौँ, सामाजिक सञ्जालमा त झन यस्ता मानिसहरु छन् जसले कसैलाई खराब भन्नका लागि मात्रै प्रतिक्षा गरिरहेका हुन्छन् ।’

भिलनबाट हिरो


शाहरुख खानले ‘डर’ र ‘बाजीगर’ जस्ता चलचित्रबाट आफ्नो करियर सुरुवात गरेका थिए । यी चलचित्रमा उनी नकारात्मक भूमिकामा थिए । त्यसपछि उनले केही रोमान्टिक चलचित्रमा काम गरे तर ती पनि चलेनन् ।

त्यसपछि उनको ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ चलचित्र आयो र सबै कुरा परिवर्तन भयो । शाहरुखका थुप्रै चलचित्र हिट भए र उनी बलिउडका बादशाह कहलिए ।

बलिउड अभिनेता शाहरुख खान ५३ वर्षका भएका छन् । पछिल्लो जन्मदिनका अवसरमा उनले आफ्नो चलचित्र ‘जीरो’ को ट्रेलर रिलिज गरेका थिए ।

यो चलचित्रको ट्रेलर रिलिजका अवसरमा उनले भनेका थिए कि उनको भूमिकालाई न्याय दिन चलचित्रमा एडभान्स भिजुअल इफेक्ट्सको प्रयोग गरिएको छ र यसलाई बनाउन दुई वर्षको समय लागेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’