
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले बिहीबार पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट एकै पटक ३१ वटा भू-उपग्रह प्रक्षेपण गरेको छ।
भारतको प्रेस इन्फरमेशन ब्यूरो (पीआइबी) का अनुसार आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन स्पेश स्टेशनबाट बिहान पीएसएलभीले आफ्नो ४५औ पटक भू-उपग्रह प्रक्षेपण गरेको हो। यो वर्ष
📡LIVE Now: Launch of 🚀PSLV-C-43/Hysis from Satish Dhawan Centre, Sriharikota https://t.co/9Q3y4xBsgi
— PIB India (@PIB_India) November 29, 2018
पोलार सेटलाइट लन्च भेहिकल (पीएसएलभी)बाट यो वर्षभित्र भू-उपग्रह प्रक्षेप गरेको यो छैठौ पटक हो। प्रक्षेपण गरिएका यी भू-उपग्रहहरू पृथ्वीबाट ५ सय ४ किलोमिटरमाथि अन्तरिक्षमा रहेको केन्द्रमा स्थापित गरिने बताइएको छ ।
इसरोका अनुसार यो भूउपग्रहको प्रक्षेपणले हाइपर स्पेक्ट्रल इमेजिङ सेटलाइटको माध्यमबाट पृथ्वीको कुना-कुनासम्म निगरानी राख्नेछ। साथै यसमा जडान गरिएको विशेष चीप(मेसिन)ले पृथ्वीमा रहेका ५५ विभिन्न रंगहरू सजिलै पहिचान गर्नेछन्।
यसका साथै पृथ्वीको पर्यावरण सर्वेक्षण, बाली प्रणालीका लागि जमिनको पहिचान र तेल तथा खनिज पदार्थको खानीको अन्वेषण र विश्लेषण गर्न यो भू-उपग्रह महत्वपूर्ण कोशेढुंगा साबित हुने इसरोले जनाएको छ ।
Update #12#ISROMissions#HysIS
Here’s the lift-off image of #PSLVC43 carrying 31 satellite onboard. @PMOIndia pic.twitter.com/NcIYwCMn3s
— ISRO (@isro) November 29, 2018
प्रक्षेपण गरिएको उक्त हाइसइस (HysIS)को तौल ३८० किलोग्राम रहेको छ। स्याटालाइट पेलोडमा यसको ७३० वाटको पावर ब्याकअप तथा ६४ एएच लियोन ब्याट्री राखिएको छ। यो वर्ष २०२३सम्म यसले निगरानी राख्नेछ।
यो यान ती सबै भू-उपग्रहले दुई अलग अलग कक्षमा प्रभाव पार्नेछ। पीएसएलभी लन्चरको कुल लम्बाइ ३९.४ मीटर रहेको छ। यसमा फोर स्टेज रकेट लगाइएको छ। यदि यो अभियान सफल भएमा यो पीएसएलभी मोडेलको १३औ सफलता हुनेछ।
यसको सार्वजनिकपछि इसरोको लागि दोस्रो सबैभन्दा ठूलो अभियान चन्द्रयान रहेको छ, जुन सन् २०१९को सुरुवातमा गरिनेछ।