बहुचर्चित कपल प्रियंका चोपडा र निक जोनसको विवाहको खबरमा फ्यानहरुको नजर अडेको छ । उनीहरुले जोधपुरको उम्मेद भवनमा २ डिसेम्बरमा विवाह गर्नेछन् ।
प्रियंकाले जब अमेरिकाका पप गायक निकसँग डेट गरेको खबर सार्वजनिक भयो त्यतीबेला देखि नै दुवैजनाबीचको सम्बन्धका बारेमा थुप्रै चर्चा र टिप्पणी भए । सबैभन्दा धेरै चर्चामा आएको विषय हो उनीहरुबीचको उमेरको दूरी ।

प्रियंका, निकभन्दा १० वर्ष जेठी हुन् । उमेरका विषयमा भइरहेका चर्चाहरुबारे पिंयकाले एक अन्तर्वार्तामा खुलेर कुरा गरेकी छन् ।
उनले भनिन्, ‘निक चाहे म भन्दा उमेरमा कान्छा होलान् तर उनीमा परिपक्वता भने म भन्दा धेरै
छ । उनी म भन्दा धेरै सिनियर र सिरियस लाग्छन् । उनी धेरै शान्त स्वभावका छन् ।’
प्रियंका-निकले भनेका छन् कि मेट गाला २०१७ देखि नै उनीहरुको कुराकानी सुरु भएको थियो ।
निकले खुलासा गरेका छन् कि जब उनी प्रियंकासँग तेस्रो पटक डेट गएका थिए र त्यहाँ नै उनले प्रियंकासँग विवाह गर्ने सोच बनाइसकेका थिए ।
उक्त पत्रिकामा दिइएको अन्तर्वाताका अनुसार दुवैजनाले आफ्नो लभस्टोरी कसरी सुरु भएको थियो भन्ने कुरा खोलेका छन् ।
प्रियंकाको बर्थडेको एक दिनपछि निकले उनलाई प्रपोज गरेका थिए । प्रियंकालाई यसबारेमा केही थाहा थिएन । मेट गाला २०१७ मा भएको भेटपछिको डेढ वर्षपछि निकले प्रियंकालाई प्रपोज गरेका थिए ।

प्रियंकाको बर्थडेको दिन सकिने समयसम्म निकले प्रतिक्षा गरेका थिए । भविष्यमा प्रपोजल र बर्थडे एक साथ आओस भन्ने उनले चाहेका थिएनन् । उनी एक सेलिब्रेशन दिनलाई कम गर्न चाहन्थेनन् ।
त्यसपछि निकले प्रियंकालाई भने, ‘के तिमी मलाई संसारको सबैभन्दा भाग्यमानी मानिस बनाउन चाहन्छौँ र मसँग विवाह गर्न चाहन्छौँ ?’
निकको प्रपोजल सुनेर अभिनेत्री प्रियंका ४५ सेकेण्डसम्म केही बोल्न सकिनन् ।
त्यसपछि निकले भने, ‘म तिम्रो औँलामा रिंग लगाउँछु के तिमीलाई यस कुरामा आपत्ति छ ?’ तेस्रो डेटपछि निकले आफ्नो आमालाई प्रियंकासँग विवाह गर्न चाहेको कुरा बताएका थिए ।

भर्खरै
लोकप्रिय






































































































































































































