संक्रमण

कंगोमा फैलिएको इबोलाको महामारी इतिहासकै दोस्रो भयानक

कंगोमा फैलिएको इबोलाको महामारी इतिहासकै दोस्रो भयानक
+
-

प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अहिलेसम्मकै दोस्रो ठूलो रहेको संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकाय विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिले कंगोमा फैलिएको इबोला महामारी अहिलेसम्मकै दोस्रो भयानक रहेको र रोकथामका लागि थप प्रयासको खाँचो रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

इबोलाको महामारीले ग्रस्त कंगोको बेनी शहरमा मात्रै अहिलेसम्म ४२६ जनामा इबोला भाइरसको संक्रमण रहेको देखिएको छ । यसको अर्थत युगाण्डामा सन् २००० मा फैलिएको इबोलाको महामारी भन्दा अहिले कंगोमा फैलिएको महामारी भयानक बनेको छ ।

बेनी प्रजातान्त्रिक गणतन्त्रको द्वन्द्वग्रस्त क्षेत्रको मध्य क्षेत्रमा पर्छ र महामारीविरुद्धको अभियान बिद्रोहीको आक्रमणका कारण प्रभावित भएको छ । अहिलेको महामारीका कारण झण्डै २०० जनाको ज्यान गइसकेको छ ।

यसअघि सन् २०१३ देखि २०१६ को बिचमा पश्चिम अफ्रिकी देशमा फैलिएको इबोला महामारीका कारण ११ हजार ३१० जनाको ज्यान गएको थियो र यो इतिहासकै ठूलो इबोला महामारी हो ।

कंगोमा यो वर्ष दोस्रोपटक इबोलाको संक्रमण फैलिएको हो । यसअघि देशको पश्चिमी क्षेत्रमा फैलिएको महामारीका कारण ३३ जनाको ज्यान गएको थियो ।

त्यसपछि गएको जुलाईदेखि देशको पूर्व क्षेत्रमा सुरु भएको महामारी अहिलेसम्म जारी छ । कंगोमा सन् १९७६ यता १० पटक इबोलाको महामारी फैलिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?