पाँच महिनापछि अमेरिकाबाट घर फर्किन् सोनाली

पाँच महिनापछि अमेरिकाबाट घर फर्किन् सोनाली
+
-

क्यान्सरको उपचार गराइरहेकी अभिनेत्री सोेनाली बेन्द्रे पाँच महिनापछि न्यूयोर्कबाट मुम्बई फर्केकी छन् । सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन् । उनको साथमा पति गोल्डी बहल पनि थिए ।

सोनालीको क्यान्सरको उपचारका क्रममा थुप्रैपटक किमोथेरापी मार्फत उपचार गरिएको थियो । जसक्रममा उनको कपाल पनि काट्नुपरेको थियो ।
सोमबार मुम्बई एयरपोर्टमा कालो ज्याकेट र ट्राउजरमा देखिएकी सोनालीको ‘लुक’ पहिले भन्दा केही परिवर्तन भएको छ । तर उनको मुहारमा भने मुस्कुराहट प्रष्ट देखिन्थ्यो ।

गएको जुलाई ४ मा सामाजिक सञ्जाल मार्फत सोनालीले आफूलाई क्यान्सर भएको जानकारी दिएकी थिइन् ।  भारत फर्कनुअघि पनि सोनालीले सामाजिक सञ्जालमा आफू स्वदेश फर्केने कार्यक्रमबारे जानकारी दिएकी थिइन् ।

‘म फर्किरहेकी छु, जहाँ मेरो दिल छ, मलाई कस्तो महसुस भइरहेको छ भन्ने कुरा म शब्दमा बयान गर्न सक्दिँन,’ उनले सामाजिक सञ्जालमा लेखेकी थिइन् ।

सोनालीले अझै लडाई नसकिएको र यो केवल एउटा इन्टरवल मात्रै रहेको पनि बताएकी छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’